काठमाडौँ । समाजवादी मोर्चाले भोलि वृहत् अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ।
राष्ट्रिय सभागृहमा समाजवादी मोर्चाले नेपाली विशेषताको समाजवाद निर्माणबारे वृहत् अन्तरक्रिया कार्यक्रममा गर्न लागेको हो।
कार्यक्रम मङ्गलवार दिनको एक बजे सुरु हुनेछ। समाजवादी मोर्चाको हिजो बसेको बैठकमा कार्यक्रमबारे छलफल भएको एक नेताले बताए ।
मोर्चामा माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा र विप्लव नेतृत्वको नेकपा सहभागी छन्।