७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इलाम-२ मा माओवादीबाट धिरेन शर्माको नाम सिफारिस

अ+ अ-

काठमाडौँ । इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको रूपमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) इलाम जिल्ला कमिटीले एक जनाको नाम सिफारिस गरेको छ ।

यस अघि उम्मेदवारको रूपमा ४ जनाको नाम सिफारिस भएकोमा पुनः भएको सिफारिसमा धिरेन शर्मा रमणको मात्रै नाम सिफारिस गरेको हो ।

जिल्ला कमिटीले शर्मालाई उम्मेदवार बनाउन प्रदेशमा सिफारिस गरेको छ । माओवादीले गत १३ गते केन्द्रीय सदस्य शर्मा तथा प्रदेश कमिटी सदस्यहरू उर्मिला तामाङ, अनिल बराइली र ओम गुरुङको नाम उम्मेदवारको रूपमा प्रदेश कमिटीमा सिफारिस गरेको थियो ।

जिल्लाले पठाएको एकल नाम प्रदेशबाट सोमबार नै केन्द्रमा सिफारिस हुनेछ । वैशाख १५ गते हुने उप निर्वाचनमा माओवादीले अहिलेसम्म उम्मेदवार घोषणा गर्न सकेको छैन । यस्तै काँग्रेसले पनि उम्मेदवारको नाम टुङ्गो लगाउन सकेको छैन ।

काँग्रेसबाट उम्मेदवार बन्न इलाम २ का लागि महासमिति सदस्य भेषराज आचार्य, पूर्व सांसद केशव थापा, जिल्ला सभापति डम्बर खड्का, संविधानसभा सदस्य नगेन्द्र कुमाल, नेता रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम सिफारिस भएको छ ।

इलाम क्षेत्र २ मा आउँदो वैशाख १५ मा उपनिर्वाचन हुँदै छ । नेकपा (एमाले) नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । निर्वाचनमा एमालेका तर्फबाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनेका छन् ।

रास्वपाबाट मिलन लिम्बू, पहिचानवादीका तर्फबाट साझा उम्मेदवार डाकेन्द्र सिंह थेगिम, राप्रपाबाट लक्ष्मी गुरुङ र एकीकृत समाजवादीबाट जितबहादुर राई उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया दिनुहोस