७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लगानी सम्मेलनमा चीनको लगानी ल्याउन ५ कार्यक्रम

अ+ अ-

काठमाडौँ । लगानी सम्मेलन नजिकिँदै गएका बेला लगानी बोर्डको सहकार्यमा चीनका विभिन्न ठाउँमा प्रि इभेन्ट सम्बन्धी सेमिनार गरेको छ ।

लगानी बोर्डसँगको सहकार्यमा नेपाली राजदूतावास, बेइजिङ तथा हङकङ्ग, छेड्दू र ग्वान्जाओ स्थित महावाणिज्य दूतावासले मार्च २३ देखि २९ सम्म चीनको विभिन्न शहरमा आयोजना छलफल गरेको हो । तेस्रो लगानी सम्मेलनको प्रि–इभेन्ट सम्बन्धी पाँच वटा छुट्टाछुट्टै सेमिनारमा लगानी बोर्डले सहभागिता जनाएको छ ।

आगामी वैशाख १६ र १७ मा काठमाडौँमा आयोजना हुने तेस्रो लगानी सम्मेलनलाई दृष्टिगत गरी चिनियाँ सरकारी निकायहरू, चिनियाँ लगानीकर्ता र च्याम्बरका प्रतिनिधिहरू तथा गैरआवासीय नेपाली लगायतलाई लक्षित छलफल गरेको हो ।

उक्त कार्यक्रमहरूमा आगामी लगानी सम्मेलनको उद्देश्य र लगानीको वातावरण निर्माणका लागि भएको नीतिगत एवं कानुनी सुधारका प्रयासहरू, लगानीका अवसर र सम्भाव्य परियोजनाहरूको बारेमा जानकारी दिइएको थियो ।

मार्च २३ मा हङकङस्थित महावाणिज्यदूतावासद्वारा आयोजित कार्यक्रममा महावाणिज्यदूत उदयराना मगरले नेपालमा वैदेशिक लगानी विषयक प्रस्तुतीकरण दिएका थिए । लगानी बोर्डको कार्यालयका सहसचिव प्रद्युम्नप्रसाद उपाध्यायले नेपालमा रहेका लगानीका अवसर र आगामी लगानी सम्मेलनको विषय समेटिएको प्रस्तुतीकरण गरेका थिए ।

१०० भन्दा बढी सहभागीहरू रहेको उक्त कार्यक्रममा हङकङ र मकाउका स्थानीय व्यवसायीहरू, च्याम्बरका प्रतिनिधिहरू तथा गैर आवासीय नेपालीहरूको सहभागिता रहेको थियो ।

त्यसैगरी, मार्च २५ मा छेड्दुस्थित महावाणिज्यदूतावासको आयोजनामा कार्यक्रम भएको थियो । सो कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा रहेको लगानीको वातावरण र लगानीको अवसर, सार्वजनिक निजी साझेदारीका परियोजना र ठूला लगानीको सहजीकरण गर्न स्थापित लगानी बोर्डको संस्थागत विकासका लागि भएका प्रयास र परियोजना विकास र व्यवस्थापनका क्षेत्रमा लगानी बोर्डले चालेका कदमहरूको बारेमा जानकारी दिएका थिए । आगामी महिना आयोजना हुने तेस्रो लगानी सम्मेलनमा सहभागिताका लागि अनुरोध समेत गरेका थिए ।

यसैगरी, बेइजिङस्थित नेपाली दूतावासले मार्च २६ मा आयोजना गरेको प्रि-इभेन्ट सेमिनारलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको चर्चा गरेका थिए । नेपालमा रहेका तुलनात्मक र प्रतिस्पर्धात्मक लाभका क्षेत्रहरूमा लगानी गर्न आह्वान गरे ।

कार्यक्रमको प्रमुख अतिथिको रूपमा उपप्रधानमन्त्री श्रेष्ठले आगामी महिना आयोजना हुने लगानी सम्मेलन नेपालमा रहेको लगानीको वातावरण र अवसरहरूको विषयमा जानकारी लिने उपयुक्त अवसर भएकोले सहभागिताका लागि उपस्थित सहभागीलाई अनुरोध गरे ।

सो कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनले चिनियाँ लगानीकर्तालाई आगामी लगानी सम्मेलनमा सहभागी भई नेपालमा लगानीका लागि आह्वान गरेको भिडियो सन्देश प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस