९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृह सचिव अर्यालको निर्देशनसँगै खाली गरिँदै प्राधिकरण, जिल्लामा दरबन्दी राखेर राजधानीमा रजगज !

अ+ अ-

काठमाडौँ । जिल्लामा जहिल्यै कर्मचारीको अभाव खड्किरहँदा राजधानीका कार्यालयहरूमा दरबन्दी भन्दा कैयु गुणा बढी कर्मचारीको खात लाग्नु नौलो होइन । गृह मन्त्रालय अन्तर्गतका विभिन्न जिल्ला प्रशासन कार्यालयहरूमा कर्मचारीको अभावमा सेवा प्रवाहमै असर परिरहँदा  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा भने दुई उपसचिवको दरबन्दीमा आठ जना कार्यरत रहेका छन् । 

जिल्लामा दरबन्दी राखेर राजधानीमा बस्ने प्रवृत्ति बढेसँगै यसलाई निरुत्साहित गर्न गृह सचिव एकनारायण अर्यालले दरबन्दी भएको ठाउँमा जान निर्देशन दिएका थिए । यस क्रममा विभिन्न जिल्ला प्रशासन कार्यालयमा दरबन्दी रही राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा बस्दै आएका कर्मचारीलाई खाली ठाउँमा पठाउने तयारी भइरहेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

प्राधिकरणमा ३८ जना कर्मचारीको दरबन्दी रहेकोमा अहिले ५१ जना कार्यरत छन् । मन्त्रालयका अनुसार प्राधिकरणमा दुई जना उपसचिवको दरबन्दी छ । तर, अहिले ८ जना उपसचिव कार्यरत छन् । दरबन्दी भन्दा ६ जना बढी उपसचिव प्राधिकरणमा छन् । 

यसैगरी प्राधिकरणमा ४ जना शाखा अधिकृतको दरबन्दी रहेको छ । तर, त्यहाँ ११ जना शाखा अधिकृत कार्यरत छन् । आवश्यकताभन्दा बढी भएका कर्मचारीहरूलाई बाहिर पठाउने तयारी भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए । 

कर्मचारीहरूलाई खाली भएका ठाउँमा रोज्न दिइएको छ । उनीहरूले ठाउँ रोजेपछि सम्बन्धित स्थानमा पठाउने मन्त्रालयले जनाएको छ । सचिव अर्यालले गृह प्रशासन सम्हालेसँगै आन्तरिक व्यवस्थापनदेखि नागरिकलाई प्रदान गर्ने सेवा प्रवाहसम्मै सुधार गर्दै लैजाने योजना अघि सारेका छन् । 

गृह मन्त्रालयप्रति आम नागरिकको भरोसा जगाउनेदेखि जिल्लामा प्रमुख जिल्ला अधिकारीहरूलाई सशक्त बनाई नागरिकलाई सहज र सुरक्षित महसुस हुने गरी काम गर्नुपर्ने बताउँदै आएका गृह सचिव अर्यालले मातहत कार्यरत सबै कर्मचारीहरूले आ आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्ने र सेवाग्राहीलाई असहज हुने कुरामा कुनै पनि सम्झौता नहुने बताउँदै आएका छन् । 

त्यसो त पछिल्लो समय प्राधिकरणले आफ्नो उपस्थिति महसुस गराउन नसकेको गुनासो पनि सुनिन थालेको छ । यसलाई यही अवस्थामा चलाई रहन भन्दा वर्तमान आवश्यकताअनुसार ढाल्दै अघि बढ्नुपर्ने बताइँदै आइएको छ । 

प्रतिक्रिया दिनुहोस