काठमाडौँ । सत्ता गठबन्धनमा रहेका दलहरुबीच कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले लिने सहमति भएको छ ।
सोमबार काठमाडौँमा बसेको एमाले-माओवादीसहित सत्ता गठबन्धनको बैठकले कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले लिने सहमति गरेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।
मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार विश्वासको मत लिने तयारी गरेका थिए ।
यो सहमति अनुसार एमालेले मुख्यमन्त्री पाए एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्नेछन् ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा सरकार बनाउन २१ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेश सभामा माओवादीका १३, एमालेका १० र एकीकृत सामावादीका १ सांसद रहेका छन् । त्यस्तै काँग्रेसका १५ र राप्रपाका १ सांसद छन् ।