काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देशका सबै कम्युनिष्ट शक्तिहरूको एकतालाई जोड दिएका छन्।
शहीद परिवार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै समाजवादको लक्ष्यमा पुग्नको लागि कम्युनिस्टहरू एकै ठाउँमा आउनुपर्ने बताए।
उनले भने, ‘हामीले स्थानीय चुनावलाई प्रयोग गर्न खोजेपछि पार्टीमा समस्या आएको हो। मैले देशैभर नेता कार्यकर्तालाई भेटेको पनि छु। अरूको र हाम्रोमा धेरै फरक छ। हाम्रो नेता कार्यकर्तामा आत्मविश्वास छ। लडिन्छ र गरिन्छ भन्ने छ। देशलाई आपत् परेको बेलामा जुरुक्क उठेर काँध थाप्ने शक्ति नेकपासँग छ। जति होला हामी सक्छौँ भन्ने आत्मविश्वास छ। हामीसँग अधिकार छ जनताको न्यायको लागि विद्रोह गर्ने, जनताको असली प्रतिनिधि हामी हौँ। हामीसँग दृष्टिकोण पनि छ।’
उनले पार्टीको आदेशमा पुरानै तरिकाले राजनीतिक नचल्ने उल्लेख गर्दै अब पनि एक्लै एक्लै बसेर केही नहुने भएकाले एकजुट हुनुपर्ने बताए।