९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हार्दिकको कप्तानीमा मुम्बईको लगातार तेस्रो हार

अ+ अ-

काठमाडौँ । हार्दिक पान्ड्याको कप्तानीमा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन  इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा सुरुवाती ३ खेलमा पराजित भएको छ । सोमबार राति मुम्बई राजस्थान रोयल्ससँग ६ विकेटले पराजित भयो । जारी आईपीएलमा जितविहीन हुनेमा मुम्बई एक्लो टोली हो ।

जितको लागि १२६ रनको लक्ष्य राजस्थानले १५.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । रियान पराग ३९ बलमा ५ चौका र ३ छक्कासहित ५४ रनमा नट आउट रहे । यशस्वी जैसवाल १०, जस बटलर १४, सन्जु स्यामसन १३ र रविचन्द्रन आश्विन १६ रनमा आउट भए ।

मुम्बइका क्वेना मफकाले १ र आकाश मधवालले ३ विकेट लिए । त्यसअघि घरेलु मैदान वानखडेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बइले २० ओभरमा ९ विकेट गुमाउँदै १२५ रन बनाएको थियो ।

मुम्बइका कप्तान हार्दिकले २१ बलमा ६ चौकासहित सर्वाधिक ३४ रन बनाए । तिलक बर्मा २९ बलमा २ छक्कासहित ३२ रन बनाए ।इशान किशन १६, रोहित शर्मा, डेवाल्ड ब्रेभिस र नमन धिर शून्यमा आउट भए । पीयूष चवाला ३ र टिम डेविड १७ रन बनाए ।

राजस्थान रोयल्सका ट्रेन्ट बोल्टले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए ।  युजभेन्द्र चहलले ४ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए । नाद्रे बर्गर २ र आवेश खानले १ विकेट लिए ।

यस सिजन देखी रोहित शर्मालाई हटाउँदै हार्दिकलाई मुम्बईले कप्तानको रुपमा फर्काएको थियो । गुजरात टाइटन्स छाडेर मुम्बई आएका हार्दिकको भारतीय क्रिकेटमा चर्को आलोचना भएको छ ।

आईपीएलमा आज बेंग्लोर र लखनउबिच खेल हुनेछ । राजस्थान ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । कोलकाता २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । चेन्नाइ ३ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस