८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोक सभा निर्वाचनमा हुन सक्ने सन्दिग्ध गतिविधि नियन्त्रण गर्न दुई देशका अधिकारी सहमत

अ+ अ-

बाँके । भारतिय लोक सभाको चरणबद्ध निर्वाचनको सुरक्षा लक्षित इण्डो नेपाल कोर्डिनेशन बैठक बाँके र बहराईच जिल्लाको सीमामा रहेको इन्ट्रिगेटेड चेक पोइन्टमा सम्पन्न भएको छ ।

सोमबार भएको बैठकमा भारतमा चरणबद्ध रूपमा हुँदै गरेको लोक सभाको निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न दुवै देशका सीमावर्ती क्षेत्रमा सिर्जना हुन सक्ने सुरक्षा चुनौतीलाई संयुक्त सुरक्षा रणनीति एवं कारबाहीबाट व्यवस्थापन गर्ने विषयमा दुई देशका अधिकारी बिच छलफल भएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताए । मतदान हुनुभन्दा ७२ घण्टा अघिबाट दुवै देशको सिमानाकामा संयुक्त चेक जाँच/गस्ती पेट्रोलिङ बढाउने, सीमा क्षेत्रमा हुन सक्ने सन्दिग्ध गतिविधि नियन्त्रण गर्ने, संदेनशील सीमा क्षेत्रमा सिसी क्यामराको जडान गर्ने लगायतका विषयमा दुवै देशका अधिकारीहरू सहमत भएका छन् ।

दुवै तर्फका सुरक्षा इकाईबिच नियमित बैठक, सूचना आदानप्रदान गर्न सञ्चार संयन्त्र निर्माण, नो मेन्स ल्याण्डले मात्र विभाजन गरेको एकीकृत बस्तीहरूमा मतदानका दिन सुरक्षाकर्मीको उपस्थिति बढाउने जस्ता विषयका अतिरिक्त सन्दिग्ध अपराधीको विवरण आदानप्रदान, फेक करेन्सी, नार्कोटिक ड्रग्स, अवैध हतियार नियन्त्रण जस्ता ट्रान्स बोर्डर क्राईम नियन्त्रण गर्न मिलेर काम गर्न पनि दुवै देशका अधिकारीहरू सहमत भएको नेपाली पक्षको नेतृत्व गरेका बाँकेका प्रजिअ पोखरेलले जानकारी दिए । लोक सभा निर्वाचनलाई स्वच्छ र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न-गराउन भारतिय काउन्टर पार्टलाई सीमावर्ती नेपाली सुरक्षा अधिकारीहरूबाट प्रचलित कानून र विगतको अभ्यास अनुसार भारतिय पक्षबाट उठाइएको सुरक्षा चासोको सम्बोधन हुने प्रतिबद्धता आफूहरूले जनाएको प्रजिअ पोखरेलले बताए ।

समन्वय बैठकमा नेपालको तर्फबाट बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा अधिकारीहरू र भारतको तर्फबाट भारतिय प्रहरीका उच्च अधिकारीहरू, सीमावर्ती डिस्ट्रिक मजिस्ट्रेटसहितका सुरक्षा अधिकारीहरू सहभागी थिए । समन्वय बैठकमा बाँकेका प्रजिअ श्रवण कुमार पोखरेल, प्र.उ. सुवास बोहोरा, स.प्र.उ. बिमल डाँगी, प्र.उ. दाङ प्रत्यक्ष रूपमा सहभागी थिए । बाँकी जिल्लाका प्रजिअ र सुरक्षा प्रमुखहरू भर्चुअल माध्यमबाट जोडिएका थिए । भारततर्फ डिआइजीहरू, बहराईच र श्रावस्ती जिल्लाका डिएमसहितका सुरक्षा प्रमुखहरू प्रत्यक्ष रूपमा र बाँकी अधिकारीहरू भर्चुअल माध्यमबाट जोडिएका थिए ।

प्रतिक्रिया दिनुहोस