काठमाडौँ । वर्षौँदेखि फरार पूर्वमाओवादी लडाकु कालीबहादुर खाम पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय, काठमाडौँले उनलाई मंगलबार ठमेलबाट पक्राउ गरेको हो ।
उनी अपहरण, लुटपाटलगायत मुद्दामा फरारसूची थिए। उनी व्यापारी रामहरी श्रेष्ठको हत्याकाण्डमा समेत दोषी ठहर भएको थिए।