काठमाडौँ । नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले समाजवादीहरू एक हुन नसक्दा प्राप्त उपलब्धिहरू खतरामा परेको औँल्याएका छन्।
उनले एकता भइरहेका समाजवादीहरू पनि विभाजित हुँदा हिजो परास्त भएका शक्तिहरूले शिर उठाउने अवस्था बनेको बताए।
समाजवादी मोर्चाले राष्ट्रियसभा गृहमा आयोजना गरेको ‘नेपाली विशेषताको समाजवाद’ नामक अन्तरक्रियामा उनले यस्तो बताएका हुन्।
‘समाजवादीहरूको बीचमा एकता नहुँदा र भएकोबाट विभाजन हुँदा हिजो परास्त भएका शक्तिहरूले शिर उठाउने परिस्थिति बनेको छ’, उनले भने, ‘त्यसकारण पहिलो सर्त समाजवादी हौँ भन्नेहरू न्यूनतम एकता र सहमतिका कुराहरू लागु गरेर जाने आँट र हिम्मत गर्न सक्नुपर्छ।’