काठमाडौँ । नेपाल ‘ए’ ले पहिलो एक दिवसीय अभ्यास खेलमा आज आयरल्यान्ड ‘ए’ सँग टस हारेर पहिला फिल्डिङ गर्दैछ ।
आयरल्यान्डका कप्तान निल रकले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपाल र आयरल्यान्ड ‘ए’ बीच तीन एक दिवसीय खेलको सिरिज हुनेछ ।
सिनियर टोलीसँग दुई टी-२० खेलमा आयरल्यान्ड ‘ए’ ले दुवै खेलमा हारेको थियो । नेपाल ‘ए’ सँग तीन टी-२० खेलको सिरिज आयरल्यान्ड ‘ए’ले २-१ ले जितेको थियो ।
नेपाल ए मा ओडीआईका पहिलो रोजाइका खेलाडी आरिफ शेख र भीम सार्की छन् । तेस्रो टी-२० खेलमा नेपाल ‘ए’लाई जिताउन आरिफ शेखले ९३ रन बनाएका थिए । विनोद भण्डारी, देव खनाल, अर्जुन साउद पनि नेपाल ए मा छन् ।