१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्पादकत्व बढाउन अनुदानमा ‘स्यालो ट्युबवेल’

अ+ अ-

कञ्चनपुर । किसानका खेतमा सिँचाइ सुविधा उपलब्ध गराई उत्पादकत्व बढाउन शुक्लाफाँटा नगरपालिका वडा नम्बर-१० को कार्यालयले ५० प्रतिशत अनुदान दिएर ‘स्यालो ट्युबवेल’ जडान गरेको छ । 

ट्युबवेल जडानबाट झण्डै ३० बिघा खेतमा सिँचाइ सुविधा उपलब्ध भएको छ ।  सिँचाइ सुविधा नपुगेका किसानको छनोट गरी आवश्यकता आधारमा स्यालो ट्युबवेल जडान गरिएको वडाध्यक्ष लालबहादुर ऐरले बताए । 

‘चालु आवमा रु तीन लाख ५० हजार वडा कार्यालयको र त्यति नै रकम किसानको गरी रु सात लाखमा सात वटा स्यालो ट्युबवेल जडान गरिरहेका छौँ’, उनले भने, ‘गत आवमा आठवटा स्यालो ट्युबवेल जडान गरी किसानलाई सिँचाइ सुविधा उपलब्ध गराएका छौँ ।’

उनका अनुसार हालसम्म वडामा ४३ वटा स्यालो ट्युबवेल जडान गरिएका छन् । ट्युबवेल जडान भएपछि ८० बिघा बढी जग्गामा सिँचाइ सुविधा उपलब्ध भइरहेको उनले बताए । सिँचाइ सुविधा उपलब्धपछि किसान अन्नबालीसँगै तरकारी खेतीमा संलग्न हुँदै आएका छन् । 

‘धान रोप्न सिँचाइको भरपर्दो व्यवस्था नहुँदा आकासे पानीकै भर पर्नुपर्ने अवस्था थियो’, स्थानीय किसान कालुराम चौधरीले भने, ‘वडा कार्यालयले अनुदानमा स्यालो ट्युबवेल जडान गरिदिएपछि सिँचाइ सुविधा उपलब्ध हुँदा समयमै धान रोप्न र गहुँ सिँचाइ हुँदा विगतको तुलनामा उत्पादन बढेको छ ।’

किसानलाई वडा कार्यालयले अनुदानमा सिँचाइका लागि स्यालो ट्युबवेलसँगै घरपालुवा पशुलाई चारो खुवाउन डुँड, चारो काट्ने मेसिन र चारो र दाना खुवाउने ‘स्ट्याण्ड’ पनि उपलब्ध गराउँदै आएको छ । वडा कार्यालयका अनुसार गत आवमा एक सय २८ डुँड,, ११ वटा चारो काट्ने मेसिन, नौ वटा चारो र दाना खुवाउने स्ट्याण्ड अनुदानमा वितरण गरिएको थियो । 

चालु आवमा १९ वटा चारो काट्ने मेसिन, १५ घाँस र  खुवाउने स्ट्याण्ड र ८० वटा डुँड,  पचास प्रतिशत अनुदानमा उपलब्ध गराउने योजना छ ।

प्रतिक्रिया दिनुहोस