१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयरल्यान्ड वुल्सले नेपाललाई दियो १७५ रनको लक्ष्य

अ+ अ-

काठमाडौँ । गाभिन होइको अर्धशतकप्रेरित आयरल्यान्ड वुल्भ्सविरुद्धको दोस्रो एक दिवसीय खेलमा नेपाल ‘ए’ ले १७५ रनको लक्ष्य पाएको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको वुल्भ्सले ३८.४ ओभरमा सबै विकेट गुमाएर १७४ रनको योगफल खडा गरेको हो ।

वुल्भ्सका गाभिन होइले सर्वाधिक ५० रन रन बनाए । होइले ९४-७ को नाजुक अवस्थाबाट लियम म्याकार्थीसँग ४८ रनको साझेदारी गर्दै वुल्भ्सलाई सम्मानजनक योगफलतर्फ अघि बढाएका थिए । माकार्थीले ३५ रन थपे । यसबाहेक, कप्तान निल रकले ४५ र पेटर मुरले १७ रन जोडे ।

नेपालका साहब आलम र रिजन ढकालले तीन/तीन विकेट लिए । १० ओभर बलिङ गरेका आलमले एक मेडन राख्दै ३५ रन खर्चिए । मौसम ढकालले दुई विकेट लिदा कमलसिंह ऐरीको नाममा समान एक विकेट रह्यो ।

यसअघि एक दिवसीय शृङ्खलाको पहिलो खेलमा वुल्भ्सविरुद्ध नेपाल ‘ए’ २१ रनले पराजित भएको थियो । यसैकारण नेपाल आज जितसहित शृङ्खला बराबरी गर्ने लक्ष्यमा हुनेछ ।

आजको खेलपछि शृङ्खलाको अन्तिम खेल आउँदो आइतबार हुनेछ । यसअघि नेपाल ‘ए’सँगको ट्वान्टी-२० शृङ्खला आयरल्यान्ड वुल्भ्सले २-१ ले जितेको थियो । नेपाल ‘ए’ सँगको खेलअघि वुल्भ्सले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग पनि दुई ट्वान्टी-२० क्रिकेट खेलेको थियो । वुल्भ्स दुवै खेलमा पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस