६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनसरीका पाँच स्थानीय तहमा कर्फ्यु आदेश जारी

अ+ अ-

काठमाडौँ । सुनसरी प्रशासनले जिल्लाका पाँच वटा स्थानीय तहमा कर्फ्यु आदेश जारी गरेको छ । शुक्रबार मध्यान्ह १२ बजेदेखि हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिका वडा नम्बर १ र ७ मा निषेधाज्ञा जारी गरेको थियो । तर स्थिति नियन्त्रणमा लिन समस्या भएपछि अहिले साँझ ५ बजेदेखि पाँच स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो । 

सम्बन्धित समाचार : सुनसरी प्रशासनद्वारा दुई गाउँपालिकामा निषेधाज्ञा जारी

शान्ति सुरक्षाको संवेदनशीलतालाई मध्यनजर राखी सम्भावित क्षति कम गर्न तथा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न हरिनगर, देवानगञ्ज, कोशी, भेक्राह नरसिंह र सदरमुकाम इनरुवा नगरपालिका क्षेत्रमा कर्फ्यु लगाइएको कामु प्रमुख जिल्ला अधिकारी बेदराज फुयाँलले जानकारी दिए ।

कर्फ्युका क्रममा अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरीबाहेक आवतजावत गर्न, भेला हुन र सामूहिक रूपमा गरिने कुनै पनि कार्यक्रम नगर्न प्रशासनले आग्रह गरेको छ । यदि आदेश उल्लङ्घन गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।

हरिनगर क्षेत्रमा कर्फ्यु लगाइए पनि स्थानीयले प्रदर्शन नरोकेपछि बिहानैबाट स्थिति तनावग्रस्त बनेको थियो । त्यहाँको अवस्था अझै पनि सामान्य बन्न सकेको छैन । हरिनगरको मुख्य बजार भुटाह बिहानैबाट तनावग्रस्त बनेको छ ।

शुक्रबार मध्यान्न १२ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि हरिनगर गाउँपालिकाको सबै वडा र देवानगञ्जको १ र ७ नम्बर वडामा निषेधाज्ञा जारी भएको थियो । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुडा प्रहार गरेपछि प्रहरीले गोली चलाएको बताइएको छ ।

सम्बन्धित समाचार : सुनसरीको भुटाहा तनावग्रस्त, प्रहरीद्वारा ८० बढी हवाई फायर

सो क्रममा १६ जना प्रहरी र ७ जना प्रदर्शनकारी घाइते भएका छन् । उनीहरूको बिराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बिहीबार एसइई परीक्षाको क्रममा हरिनगर गाउँपालिका-१ मा रहेको बालकृष्ण माविमा भएको कुटपिटपछि दुई समुदायका बीचमा तनाव बढेको हो । बिहीबार साँझ स्थानीय जीवन मेहतामाथि कुटपिट भएको थियो । कुटपिटपछि दुवै समूहका बीचमा झडप भएको थियो ।

प्रतिक्रिया दिनुहोस