७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पालिकाद्वारा दीर्घरोगी र गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा

अ+ अ-

गोरखा । जिल्लाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका एक सय पाँच जना दीर्घरोगी तथा गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । 

गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत उनीहरूको बीमा गरेको गाउँपालिका अध्यक्ष दीपक तिमल्सिनाले बताए । 

‘दीर्घरोगी तथा गर्भवतीको नियमित उपचार र स्वास्थ्य जाँचका लागि स्वास्थ्य संस्थामा गइरहनुपर्ने भएकाले आर्थिक अवस्था कमजोर भएकालाई खर्च अभावका कारण समस्या पनि हुनसक्ने अवस्था आउँछ’, उनले भने, ‘त्यस्ता लक्षित व्यक्तिलाई सहयोग पुगोस् भन्ने उद्देश्यले पालिकाले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको हो ।’

गाउँपालिकाको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रममा ३० जना दीर्घरोगी रहेका छन् भने ७५ जना गर्भवती छन् । उनीहरू सबैले आउँदो २०८१ जेठ १ गतेदेखि बीमाबापतको स्वास्थ्य उपचार सेवा लिन पाउने अध्यक्ष तिमल्सिनाले बताए । 

गाउँपालिकाले सञ्चालन गरेको स्वास्थ्य बीमाबापत लाभग्राहीले वार्षिक रु एक लाखसम्मको उपचार सेवा निःशुल्क प्राप्त गर्नेछन् । “यो कार्यक्रमले लक्षित परिवारमा अबदेखि सहज स्वास्थ्य सेवाको पहुँच पुग्नेछ”, अध्यक्ष तिमल्सिनाले भने, “गाउँपालिकाले पालिकाभित्रका सबै गर्भवती र दीर्घरोगीको तथ्याङ्क सङ्कलन गरेर कार्यक्रम सञ्चालन गरेको हो ।” गाउँपालिकाले बीमा गर्दा गर्भवती तथा दीर्घरोगीका परिवारका पाँच जना सदस्यको पनि निःशुल्क स्वास्थ्य बीमा गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस