८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्यम गरेर स्वावलम्बी बन्दै बाँकेका एकल महिला

अ+ अ-

जानकी । धनी परियारको दैनिकी विवाहमा प्रयोग हुने सगुनको डालो, सुपो, शाहीपाटो, घुम्टो, जडी मालालगायत शृङ्गारका सामग्री बनाउनमा बित्छ । 

पचास वर्षीया उनले    नेपालगञ्ज उपमहानगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाद्वारा आयोजित ४५ दिने विवाहको ‘सगुन एवं शृङ्गारका सामग्री निर्माण तालिम’ मा सहभागी भएपछि ती सामान बनाउन थालेकी हुन् ।   

एकल महिला उनी नेपालगञ्ज उपमहानगरपालिका-१ धम्बोझीकी स्थायी बासिन्दा हुन् । उनले वर्षौ कपडा सिलाएर जीवन गुजारा गर्दै आएको बताइन् ।’मैले १२ वर्षसम्म सिलाइ गरेर खर्च जुटाएँ, दैनिक दुई सय पचास देखि पाँच सयसम्म कमाइ हुन्थ्यो । त्यसले घर खर्च चलाउन धौधौ हुन्थ्यो ।’

हातमा सीप भयो भने आफ्नो बेग्लै पहिचान हुने र आर्थिकरुपमा पनि बलियो भइन्छ भन्ने लागेर तालिममा सहभागी उनले नेपालगञ्जको सीप विकास तालिम केन्द्रको सभाकक्षमा  सगुनको मखमली डालो देखाउँदै भनिन्, “तालिमको प्रमाणपत्र पाइयो अब व्यवसाय गर्ने हो ।” 

धनी परियार जस्तै सोही तालिमकी सहभागी प्रमिला केवँट । घाँस काटेर जीविकोपार्जन गरेकी उनी अब तालिममा सिकेको सीपबाट व्यावसायिक परिचय बनाउनेतर्फ लाग्ने बताउछिन् । उद्यमशीलतासम्बन्धी  दुई दिने तालिममा सहभागी भएपछि पुनः एक हप्ताको तालिमबाट छानिएर उनी ४५ दिने सगुन एवं शृङ्गारका सामग्री  बनाउने तालिममा सहभागी भइन्। 

दिदी भिनाजुसँगै बस्दै आएकी प्रमिलामा  प्रशिक्षक सङ्गीता गौतमले  भनेझैँ आफ्नै व्यवसाय सञ्चालन क्षमता छ । “मैले अनुभवको लागि मात्र यो तालिम लिएको होइन म अब उद्यम गर्न चाहन्छु,” उनले भनिन्। 

नेपालगञ्ज उपमहानगरपालिका–१ वाटरपार्ककी नम्रता मल्ललाई पनि धनी परियार र प्रमिला केँवटजस्तै उद्यमी बनेर आफ्नै व्यवसाय गर्ने चाहना छ । सीपले स्वावलम्बी बनाउने वास्तविकता  बुझेर नै उनीहरू उद्यम गरिरहेकी छिन् । उनीहरूसँगै अन्य १० जना महिला पनि सीप सिकिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस