६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अघिल्लो सरकार राष्ट्रका लागि बोझ थियो : विष्णु रिमाल

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले अघिल्लो सरकार राष्ट्रको लागि बोझ भएको बताएका छन् । 

शनिबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) मजदुर विशेष जिल्ला कमिटीको आठौं जिल्ला अधिवेशनमा उनले विगतको सरकार रहनु भनेको बर्बादीतर्फ जानु हो भन्ने निष्कर्षमा पुगेर सरकार परिवर्तन गरेको बताएका हुन् । 

उनले भने, ‘अघिल्लो सरकार किन लडाको र यो सरकारले के गर्ला भन्ने सन्दर्भमा एउटै मात्र कुरा के हो भने अघिल्लो सरकार राष्ट्रलाई बोझ भएको थियो । किन भने त्यसले केही पनि काम गर्दैन थियो । एउटा मोटो शरीर छ । खान्छ र बस्छको अवस्थामा थियो । गोठमा बाधेको गाई भैंसी जस्तै खाने र गोबर गर्ने बाहेक केही काम गर्दैन । अघिल्लो सरकारको हालत त्यस्तो थियो । त्यो सरकार रहनु भनेको बर्बाद कै कुरा हो भन्ने निष्कर्षमा हामी पुग्यौं ।’

विगतको सरकार चोरेर लाइसेन्स लिएको अथवा लाइसेन्स नै नभएको मान्छेले चलाएको भन्दै हरेक क्षण दुर्घटना हुने खतरामा देश भएको हुनाले पनि सरकार परिवर्तनको अभियानमा लागेको बताए । 

उनले भने, ‘अघिल्लो सरकार के हो भने चोरेर लाइसेन्स लिएको अथवा लाइसेन्स नै नभएको मान्छेले चलाएको थियो त्यसकारण हरेक क्षण दुर्घटना हुने खतरामा थियो । तरलता बढी हुँदा पनि खर्च गर्न नसक्ने तत्कालीन सरकार हो । त्यही हिसाबले सरकार परिवर्तन गर्नुपर्छ भनेर अभियान सञ्चालन गरेका थियौं । यो कुनै लुकाएर गरिएको काम थिएन ।’ 

सिन्डिकेट खडा गरेर अल्पकालिन नाफाको लागि जान नसक्ने भन्दै नयाँ सहकार्यलाई गठबन्धनको नाम नदिएको उनको भनाई छ । फरक प्रसङ्गमा उनले पार्टीलाई सुदृढ बनाउन र समाजवादको आधार निर्माण गर्नुपर्ने धारणा राखे ।  

प्रतिक्रिया दिनुहोस