७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच संसदीय समितिको बैठक आजै, सुरक्षण मुद्रण विधेयक देखि उप-समिति गठन सम्मका कार्यसूची 

अ+ अ-

काठमाडौँ । संघीय संसद, प्रतिनिधि सभा र राष्ट्रिय सभा अन्तर्गतका विभिन्न पाँच संसदीय विषयगत समितिको बैठक आज बस्दै छ । 

प्रतिनिधि सभाको ४ वटा मध्ये, कानुन,न्याय तथा मानवअधिकार समितिको र शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजेको लागि बोलाइएको छ । यस्तै महिला तथा सामाजिक महिला समिति र राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १ बजे बस्दै छ । 

दिउँसो साढे १ बजेबाट बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ४१ मा व्यवस्था भए बमोजिमको उपभोक्ता अदालत गठनका सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीसँग छलफल हुँदैछ । कानुन,न्याय तथा मानवअधिकार समितिले आजै विभिन्न ६ वटा मन्त्रालयका अधिकारीलाई बोलाएर समितिमा छलफल गर्दै छ । 

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित दफाहरूका सम्बन्धमा समितिले छलफल गर्ने कार्यसूची तय गरेको छ । 

शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिले पनि सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल गर्दै छ । 

यस्तै, महिला तथा सामाजिक महिला समितिमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको वर्तमान अवस्था र अनुगमनबारे छलफल गर्ने तयारी छ ।  राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका उप– समिति गठन गर्ने सम्बन्धमा छलफल हुने भएको छ ।

पाँचै वटा समिति बैठक सिंहदरवारभित्र समितिका सभाकक्षमा बस्दै छ ।  

प्रतिक्रिया दिनुहोस