८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुजरातलाई हराउँदै नेपालले जित्यो सिरिज

अ+ अ-

काठमाडौँ । नेपालले भारतमा एसएमएस फ्रेन्डसिप सिरिज २०२४ को उपाधि जितेको छ। आइतबार गुजरातमा भएको फाइनलमा घरेलु टिमलाई १८ रनले पराजित गर्दै नेपालले सिरिज जितेको हो। 

आइसिसी विश्वकप २०२४ को तयारीका लागि भारतको गुजारतमा नेपालले भारतको स्टेट टिम गुजरात र बरोडासँग सुरुमा दुई दुई वटा टी-२० खेलेको थियो। 

लगातार तीन खेल जितेको नेपालले गुजरातलाई दुवै खेलमा पराजित गर्दा बरोडाविरुद्धको अन्तिम खेल गुमाएको थियो। 

नेपालले आइतबार फाइनलमा टस जितेर पहिले ब्याटिङ गर्दै कप्तान रोहितकुमार पौडेलको अर्धशतकमा ४ विकेटको क्षतिमा १७६ रन जोड्यो।

रोहितले ७४ रनको योगदान गरे। उनले ४७ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। ओपनरद्वय कुशल भुर्तेलले १९ रन र आसिफ शेखले ३४ रन बनाए। 

दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट हुँदा कुशल मल्लले १३ बलमा नटआउट ३१ रन जोडे। कुशलले २ चौका र २ छक्का प्रहार गरे। सन्दीप जोराले ३ बल खेल्दा १ चौका प्रहार गर्दा नटआउट ७ रन बनाए। 

१७७ रनको लक्ष्य पछ्याएको गुजरातले ८ विकेटको क्षतिमा १५८ रन जोड्यो।

गुजरातका लागि कप्तान उमंग रोहितकुमारले ४० रन जोड्दा ओपनरद्वय रुद्र पटेलले १७ रन र आर्या देसाइले ३६ रन जोडे। 

बलिङमा नेपालका अभिनास बोहराले ३ विकेट लिए। उनले ४ ओभरमा २६ रन खर्चिए। दीपेन्द्रसिंह ऐरीले एक रनआउट सहित २ विकेट लिए। दीपेन्द्रले १३ रन मात्र खर्चिए। दीपेन्द्र १२ बल डट फ्याँकेका थिए।

अब नेपाली टिम भारतमा तयारी गरेपछि उतैबाट एसिसी प्रिमियर कप खेल्नका लागि ओमान जाने कार्यक्रम छ। टी-२० विश्वकप आगामी जेठ दोस्रो सातादेखि अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ।

प्रतिक्रिया दिनुहोस