६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेनाको दोस्रो गोरखा-जितगढी एकीकरण पदयात्रा हुँदै

अ+ अ-

दमौली । ऐतिहासिक महत्वका स्थानको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली सेनाको आयोजनामा दोस्रो ऐतिहासिक गोरखा-जितगढी पदयात्राको तयारी गरिएको छ । पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा प्रयोग गरेका पदमार्गको प्रचार गर्दै कोट, गढी, किल्लाहरूको संरक्षण गर्ने र इतिहासबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले चैत २७ गतेदेखि पदयात्रा हुन लागेको हो ।

तनहुँको भानु नगरपालिकास्थित रुरु भैरव दल गणले आयोजना गरेको सरोकारवालाको बैठकमा पदयात्राबारे जानकारी गराइएको छ । गोरखाबाट सुरु हुने पदयात्रा तनहुँ, पाल्पा हुँदै जितगढी पुग्नेछ । पदयात्रा २७ गते तनहुँको ऐतिहासिक स्थल सतिघाट आइपुग्ने र त्यहाँ स्थानीयवासीको सहभागितामा स्वागतको कार्यक्रम गरिने गणका गणपति प्रमुख सेनानी हिमाचलजङ्ग शाहले जानकारी दिए ।

राष्ट्रिय एकताको भावना जागृत हुने गरी नेपाली सेनाको अगुवाइमा ऐतिहासिक महत्त्व बोकेका गढी, किल्ला, युद्ध स्थल पदमार्गलगायत धरोहरको संरक्षण, संवर्द्धन गर्ने उद्देश्यसहित यसवर्ष पनि पदयात्रा गर्न लागिएको गणका सेनानी पूर्णबहादुर थापाले जानकारी दिए ।

गोरखा दरबारबाट चैत २७ गते सुरु हुने पदयात्रा सोही दिन ३० किलोमिटर दूरी पार गर्दै तनहुँको सतिघाटसम्म आइपुग्नेछ । रिपुमर्दन गणले सतिघाटबाट भानु नगरपालिकास्थित रुरु भैरव दल गणलाई पदयात्राको झण्डा हस्तान्तरण गर्नेछ ।

सतिघाटबाट २८ गते प्रस्थान गर्ने टोली तनहुँकै बाङ्गेरह, सेपाबगैँचा, टुहुरेपसल हुँदै तनहुँसुर आइपुग्नेछ । तनहुँसुर दरबारमा व्यास नगरपालिकाको समन्वयमा पदयात्रीलाई स्वागत गर्ने कार्यक्रम छ । तनहुँसुर आएर उक्त पदयात्राको झण्डा कालीभञ्जन गण ९ई० लाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

तनहुँसुरबाट पदयात्रा टोली तनहुँकै धेनुङ देउराली पुग्नेछ । धेनुङ देउरालीमा श्री नम्बर ३ राजदल गणलाई झण्डा हस्तान्तरण गरिनेछ । धेनुङ देउरालीबाट केलादीघाटसम्म पुगेको टोलीलाई श्री दि फेमस महेन्द्रदल गणलाई झण्डा हस्तान्तरण गरिने सेनाले जनाएको छ । पदयात्रा टोली चैत २९ देखि वैशाख २ गतेसम्म तनहुँ खण्डमा रहनेछ । केलादीघाटदेखि नुवाकोटगढीसम्म पुगेको टोलीलाई गरुणदल गणलाई झण्डा हस्तान्तरण गर्ने र वैशाख ७ गते पदयात्रा टोली नुवाकोटगढीदेखि जीतगढीसम्म पुग्ने कार्यक्रम रहेको छ ।

पदयात्रामा से.मु. नफ्रिको फौज, बाजागाजा, राष्ट्रिय झण्डा तथा एकीकरणको दौरानमा स्थापना भएका पाँच प्रथम कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज) र जितगढी लडाइमा सहभागी गुरुबक्स गुल्मको झण्डा समावेश गरिने नेपाली सेनाले जनाएको छ । गोरखादेखि जितगढीसम्मको दूरी दुई सय सात किलोमिटर रहेको छ । नेपाली सेनाले हरेक वर्ष गोरखा९जितगढी पदयात्रा गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस