१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइपीएलमा लखनऊ सुपर जायन्टस विजयी

अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपीएल)मा लखनऊ सुपर जायन्टस विजयी भएको छ । आइतबार राति भएको खेलमा लखनऊले गुजरात टाइन्टन्सलाई ३३ रनले पराजित गरेको हो । 

टस जितेर पहिला ब्याटिङ गरेको लखनऊले निर्धारित ओभरमा ५ विकेट गुमाएर १६३ रन बनाएको थियो । जवाफमा गुजरात १८.५ ओभरमा सबै विकेट गुमाउँदै १३० रनमा समेटियो ।

पहिला ब्याटिङ गर्दा लखनऊको सुरुआत भने राम्रो रहेन । क्विन्टन डी कक एक छक्काको मद्दतले ६ रन बनाएर आउट भएका थिए । दोस्रो विकेटको रुपमा देवदत्त पडिकलले सात बलमा ७ रन बटुल्दै पभेलियन फर्किए । त्यसपछि कप्तान केएल राहुल र मार्कस स्टोनिसले पारि सम्हालेका थिए । राहुल र स्टोनिसबीच ६२ बलमा ७३ रनको साझेदारी भएपछि लखनऊको पारि केही उकासिएको थियो । तेस्रो विकेटको रुपमा राहुल आउट हुँदा लखनऊले १२.४ ओभरमा ९१ रन बनाएको थियो । उनी व्यक्तिगत ३३ रन बनाएर आउट भएका थिए । ३१ बल फेस गर्दा राहुलको ब्याटबाट ३ चौका प्रहार भयो ।

त्यसपछि भने स्टोनिस र निकोलस पुरनले मोर्चा सम्हालेका थिए । तर, स्टोनिस ४३ बलमा ५८ रनको अर्धशतकीय पारि खेलेर आउट हुँदा १४.५ ओभरमा लखनऊले ११२ रन बनाएको थियो । स्टोनिसले आफ्नो पारिमा २ छक्का र चार चौका प्रहार गरे । आयुस बाडोनीले ११ बलमा २० रन बनाएर आउट हुँदा निकोल पुरन र क्रुनाल पाण्डेले नटआउट पारि खेले । पुरनले २२ बलमा ३२ रन बनाउँदा तीन छक्का प्रहार गरे भने पाण्ड्याले २ रन बनाए ।

गुजरातका उमेश यादव र दर्शन नलकन्डेले समान दुई–दुई विकेट लिँदा रासिद खानले १ विकेट हात पारे ।

जवाफमा मध्यम सुरुआत गरेको गुजरातको मिडिल अर्डर चल्न सकेन । पहिलो विकेटका लागि साई सुदर्शन र कप्तान शुभमन गिलाले ५४ रनको साझेदारी गरेका थिए । निल २१ बलमा १९ रनको जोडेर पहिलो विकेटका रुपमा आउट भएका थिए ।  गिलपछि लगातार विकेट गुम्दा १०० रनभित्र गुजरातको ७ विकेट पतन भएको थियो । केन विलिम्सन १, बीआर शरथ २ रन बनाएर आउट हुँदा ओपनर साइ सुदर्शन २१ बलमा ३१ रनको पारि खेलेर पभेलियन फर्किए । त्यसपछि विजय शंकरले १७ रन जोड्दा दर्शन नलकण्डेले १२ रन बनाए । राहुल टेबटियाले ३० रन बनाउँदा रासिद खानले खाता नै खोल्न सकेनन् । उमेश यादव २ रनमा आउट हुँदा स्पेनसर जोनसोनले पनि खाता खोल्न असमर्थ भए । नुरु अहमद अन्तिम विकेटको रुपमा आउट हुँदा उनले ४ रन जोडेका थिए ।

गुजरातको पारिलाई ध्वस्त पार्नका लागि यस ठाकुरले ३० रन खर्च गरेर ५ विकेट लिए । यसैगरी क्रुनाल पाण्ड्याले ३ विकेट हात पार्दा रवि विश्नोइ र नभिन उल हकले पनि एक-एक विकेट लिए । 

जारी आइपीएलमा लखनऊको यो लगातार तेस्रो जित हो । आफ्नो पहिलो खेलमा पराजय भोगेको लखनऊ त्यसपछि उत्कृष्ट कमब्याक गर्दै चार खेलबाट ६ अंक बनाएर तालिकाको तेस्रो स्थानमा रहेको छ । गुजरालको भने पाँच मध्य यो तेस्रो हार हो । गुजरात ४ अंकका साथ तालिकाको सातौं स्थानमा छ । 

प्रतिक्रिया दिनुहोस