काठमाडौँ । आरती साह मृत्यु प्रकरणको छानबिन गर्न गर्न प्रहरी नायव महानिरीक्षक (डिआइजी) उमेश जोशी नेतृत्वको एक टोली जनकपुर गएको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत जोशीका नेतृत्वमा पाँच सदस्यीय टोली जनकपुर पठाइएको जनाइएको छ ।
जोशीसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत एसपी होविन्द्र बोगटी, डिएसपी जागेश्श्वर भण्डारी, इन्स्पेक्टर शान्ता लामासहित पाँच जना जनकपुर पुगेर घटनाको छानबिन अघि बढाइसेकेको प्रहरी स्रोतको भनाई छ।
गत ३० फागुनमा गृह मन्त्रालय र पीडित पक्षबीच पुन अनुसन्धान गर्नेबारे सहमति भएको थियो ।