१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनसरीका सिडिओ भन्छन्- स्थिति सामान्य बन्दै गएको छ, भेला/जुलुसमा मात्र रोक लगाएका छौँ

अ+ अ-

सुनसरी । शुक्रवार भएको झडपपछि अशान्त बनेका सुनसरी जिल्लाका केही स्थानीय तह अहिले सामान्य बन्दै गएका छन् । हरिनगर गाउँपालिकामा उत्पन्न भएको दुई समुदाय बिचको विवादका कारण स्थिति तनावपूर्ण बनेको थियो ।

स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले शुक्रवारदेखि विभिन्न स्थानीय तहमा कर्फ्यु जारी गरेको थियो । स्थिति सामान्य बन्दै गएकोले केही स्थानीय तहमा लगाइएको कर्फ्यु हटाइएको र केहीमा खुकुलो बनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले भने, ‘चार वटा पालिकामा कर्फ्यु हटाइएको छ । बाँकी दुई वटा हरिनगर गाउँपालिका क्षेत्र र देवानगंज गाउँपालिका क्षेत्रमा भेला जुलुस गर्न पाइँदैन । अहिले जनजीवन सामान्य बन्दै गएको छ ।’ हरिनगर गाउँपालिका क्षेत्र र देवानगंज गाउँपालिका क्षेत्रसहित इनरुवा नगरपालिका क्षेत्र, भोक्राहा नरसिंह गाउँपालिका क्षेत्र र कोशी गाउँपालिका क्षेत्रमा कर्फ्यु जारी गरिएको थियो ।

घटनामा दोषी देखिएकाहरूमाथि अनुसन्धान तथा छानबिन गर्न अदालतबाट पक्राउ पुर्जी लिएको उनले जानकारी दिए । प्रहरीले केहीलाई पक्राउसमेत गरिसकेको छ । यसअघि प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले पनि दोषी पहिचान गरी कारबाहीको दायरामा ल्याउने निर्णय गरेको थियो । बैठकले भ्रामक किसिमका धार्मिक, सांस्कृतिक, जातीय तथा सामाजिक सद्भाव खलल पुर्‍याउने अभिव्यक्ति तथा सामाग्रीहरू सामाजिक सञ्जालमा पोस्ट नगर्न/नगराउन अनुरोध गरेको थियो ।

शुक्रवार दुई पक्षबिच भएको झडपका क्रममा १० जना प्रदर्शनकारी र १९ जना प्रहरी घाइते भएका थिए । झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ८० राउन्ड हवाई फायर र ४० सेल अश्रु ग्यास प्रहार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस