८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२५ सय बढीको सहभागितामा एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को बैठक गोदावरीमा

अ+ अ-

काठमाडौँ । सत्तारूढ दल नेकपा (एमाले) ले वैशाख ८ र ९ गते राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक गर्दैछ।

परिषद् बैठकमा करिब दुई हजार ५०० सहभागी हुने एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

उनका अनुसार महाधिवेशन प्रतिनिधि परिषद्को बैठक ललितपुरको गोदावरीमा हुनेछ।

महाधिवेशन प्रतिनिधि परिषद्को तयारीका लागि आइतबार एमालेको केन्द्रीय सचिवालयको बैठक बसेको थियो।

बैठकले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्मा ६ वटा प्रतिवेदन पेस गर्ने तयारी गरेको गुरुङले बताए।

उनका अनुसार राजनीतिक, सङ्गठनात्मक र केन्द्रीय निकाय (लेखा, अनुशासन, निर्वाचन) आयोगको अलगअलग प्रतिवेदन हुनेछन्।

ती प्रतिवेदनमाथि समूह विभाजन गरेर छलफल गराइने उनले बताए।

‘दसौँ राष्ट्रिय महाधिवेशनमा करिब दुई हजार २०० प्रतिनिधि सहभागी थिए। केन्द्रीय निकायका गरी करिब २५ सय सहभागी पुग्ने अनुमान गरिएको छ,’ गुरुङले भने।

राजनीतिक, सङ्गठनात्मक प्रतिवेदनका अतिरिक्त परिषद् बैठकमा पार्टीले चिवाभञ्ज्याङदेखि झुलाघाटसम्म गरेको सङ्कल्प यात्राको वृत्तचित्र प्रस्तुत गरिने उनले बताए। त्यस्तै जाजरकोट र रुकुमपश्चिमको भूकम्पमा एमालेले स्वयंसेवक परिचालन गरेर भग्नावशेष पन्छाएको थियो। त्यस्तै अस्थायी आवासहरू निर्माण गरेको थियो।

त्यसको पनि वृत्तचित्र प्रस्तुत गरिने गुरुङले बताए।

यस पटक एमालेले प्रतिनिधिहरूका लागि आवास र खानाको प्रबन्ध गरेको छैन। उद्घाटन सत्र वैशाख ८ गते मध्याह्नपछि हुने गुरुङले बताए। दोस्रो दिनको सत्रमा बिहानीको खाना मात्र व्यवस्था गरिएको र आवासको प्रबन्ध प्रतिनिधिलाई नै गर्न भनिएको गुरुङले बताए।

यातायातको प्रबन्ध भने केन्द्रीय सचिवालयले नै गर्ने उपमहासचिव गुरुङको भनाइ छ।

यसैबीच एमालेले नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा हीरक उत्सवको पनि आयोजना गर्दैछ। वैशाख १० गते गोदावरीमै हीरक उत्सव आयोजना हुने गुरुङले बताए।

प्रतिक्रिया दिनुहोस