काठमाडौँ । जनही एक लाख रुपैयाँ राशिको मनिराज वाङ्मय पुरस्कारबाट दुई जना साहित्यकारलाई धनगढीमा सम्मान गरिएको छ ।
नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरीले वरिष्ठ समालोचक, साहित्यकार तथा भाषाविद् प्राध्यापक डा। वासुदेव त्रिपाठी र वरिष्ठ संस्कृतिविद्, साहित्यकार एवम् भाषाविद् प्राध्यापक डा. चूडामणि बन्धुलाई सो पुरस्कारबाट सम्मान गरिएको हो ।
यसै गरी साहित्यकार एवम् पण्डित लक्ष्मीकान्त जोशी रेग्मी र साहित्यकार नारा जोशीलाई क्रमशः जयराज पन्त र नृपबहादुर स्वाँर पुरस्कार प्रदान गरिएको छ ।
आज धनगढीमा आयोजित एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले एक लाख नगद, प्रमाणपत्र र दोसल्ला सहित दुवै साहित्यकारलाई सम्मान प्रदान गरेका छन् ।
धनगढीका महाकाव्यकार तथा ज्योतिषी मनिराज जोशी र उनका परिवारका सदस्यहरू गोविन्द, तारा र वसन्तराज जोशीले मनिराज वाङ्मय पुरस्कारको स्थापना गरेका हुन ।