८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आईपीएलमा सनराइजर्स हैदरावादको रोमाञ्चक जित

अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादले २ रनको रोमाञ्चक जित दर्ता गरेको छ । मुल्लानपुरको नयाँ क्रिकेट स्टेडियममा घरेलु टोली पञ्जाब (पञ्जाब किंग्स)का कप्तान शिखर धवनले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । 

पहिले ब्याटिङ गरेको सनराइजर्स हैदरावादले पन्जाबलाई १८३ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो । जवाफमा पन्जाबको टोलीले १८० रन बनाउन सफल भयो र खेल २ रनले पराजित भयो ।

पहिले ब्याटिङ गर्न आएका हैदरावादका ओपनर ट्राभिस हेड र अभिषेक शर्माले मिलेर ३.२ ओभरमा २७ रन जोडे तर अर्शदीप सिंहले २१ रनमा हेडलाई पहिलो र ३ नम्बरमा ब्याटिङ गर्न आएका एडेन मार्करामलाई शून्यमा पभेलियन पठाए । त्यसलगत्तै अभिषेक शर्मा पनि १६ रनमा आउट भए र पाहुना टोलीले पावरप्लेमा ३ विकेट गुमाएको थियो ।

मध्यक्रममा नितिश रेड्डीले ६४ रनको पारि खेल्दा राहुल त्रिपाठी ११ रनमा आउट भए । यस्तै अब्दुल सम दले २५ रन जोड्दा सहवाद अहमदले नटआउट १४ रन जोडे ।  पञ्जाबका लागि अर्शदीप सिंहले सर्वाधिक ४ विकेट लिए ।

लक्ष्य पछ्याउने क्रममा पञ्जाबका ब्याट्सम्यानको सुरुवात खराब रह्यो । जोनी बेयरस्टो, प्रभसिमरन सिंह र शिखर धवन २० रनको स्कोरमा प्याभिलियन फर्किए । साम कुरान (२९ रन) र सिकन्दर रजा (२८ रन)ले छोटो पारी खेले पनि दुवै ब्याट्सम्यानले ठूलो पारी खेल्न सकेनन् । उपकप्तान जितेश शर्माले १९ रन बनाएर फेरि फ्लप भए ।

गत खेलका नायक शशाङ्क सिंह र आशुतोष शर्माले फेरि एक पटक खेलमा आफ्नो फर्मलाई कायमै राखे । दुवै ब्याट्सम्यानले मिलेर ६६ रन जोडेपनि उनीहरूको टोली लक्ष्य प्राप्त गर्न २ रन टाढा रह्यो । शशाङ्क सिंहले २५ बलमा ४६ रन र आशुतोष शर्माले १५ बलमा ३३ रनको तूफानी पारि खेले । 

अन्तिम ओभरमा २९ रन आवश्यक थियो तर पञ्जाबका ब्याट्सम्यानले ३ छक्का प्रहार गर्दै २६ रन बनाउन सकेका थिए । हैदरावादका भुवनेश्वर कुमारले सर्वाधिक २ विकेट लिए । आइपीएलमा आज राति राजस्थान रोयल्स् र गुजरात टाइटन्स भिड्ने छन् ।

प्रतिक्रिया दिनुहोस