१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री र मन्त्री भएका सबैको सम्पत्ति छानबिन गर्न गगन थापाको माग

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले दलका अध्यक्ष, पूर्व प्रधानमन्त्री, मन्त्री लगायत सबैको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

भ्रष्टाचारविरुद्ध संसदमा चलिरहेको बहसले ठिक ठाउँमा लाने अपेक्षा गरेका महामन्त्री थापाले काँग्रेस, एमाले, माओवादी सबै दलका अध्यक्ष र प्रधानमन्त्री भएका सबैको सम्पत्ति छानबिन हुनुपर्ने बताएका हुन् ।

उनले भने, ‘काँग्रेसका सभापति, एमाले अध्यक्ष, माओवादीका अध्यक्ष, अहिलेका प्रधानमन्त्रीको, भूतपूर्व प्रधानमन्त्रीको, हामी जस्तो मन्त्री भएकाहरूको सबैको सम्पत्ति छानबिन गरौँ ।’

२०४७ देखिको लामो कार्यकालमा राजनीतिक नेतृत्व, प्रशासनिक नेतृत्व लिनेहरू जबाफदेही हुनुपर्ने उनले बताए । जति पनि ठूला काण्ड भए जोजो त्यसमा जिम्मेवार छन् । उनीहरूले कहीँ न कहीँ दण्ड पाउनुपर्छ भन्ने हुनुपर्ने उनले बताए । ‘नागरिकलाई राज्यसँग भर होस् । गलत गर्ने मान्छेलाई राज्यसँग डर होस् ।’

सार्वजनिक सम्पत्तिको अपचलन, सहकारी प्रकरण सहित सबैको छानबिन हुनुपर्ने थापाले बताए । सहकारीबाट अर्बौँ रकम खानेहरू केही समय अघिसम्म विज्ञका रूपमा भाषण गर्दै हिँडेको देखेको उनले बताए । ‘खाएर जाने मान्छेहरूलाई हेर्ने त निकाय बनेको छ । विभिन्न अड्डाहरू छन् । तर कसैले पनि हेर्दैनन्,’ महामन्त्री थापाले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीले २०४७ सालपछि अनियमितमा मुछिएकाहरूको छानबिन गर्न उच्चस्तरीय छानबिन समितिको माग गरेको छ । काँग्रेस महामन्त्री थापा र विश्वप्रकाश शर्माले उच्चस्तरीय छानबिन समिति बनाउन काँग्रेस तयार रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस