६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहाडी जिल्लाहरूमा खाद्य पदार्थ अनुगमनको कार्यमा तीव्रता

अ+ अ-

डोटी । सुदूरका पहाडी तिन जिल्लाहरूमा खाद्य पदार्थ अनुगमनको कार्यलाई तीव्रता दिइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिलगढीले चालु आर्थिक वर्षमा हाल सम्म करिब ६० पटक भन्दा बढी मात्रामा खाद्य पदार्थको लागि बजार अनुगमन गरिसकेको जनाएको छ ।

पहाडी जिल्ला डोटी, अछाम र बाजुरा जिल्ला कार्यक्षेत्र रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले हाल सम्म संयुक्त रूपमा बजार अनुगमन गर्नुका साथै ६० पटकमा एक सय ८० पसल, ४६ पटकमा एक सय ४५ होटेल रेस्टुरेन्ट, आठ पटकमा १२ वटा दूध तेल पानी, उद्योगको अनुगमन, ३२ पटकमा ३५ खाद्य उद्योगहरूको अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिलगढीका निमित्त प्रमुख सागर सापकोटाले बताए ।

बजार अनुगमनको क्रममा ऐन बमोजिम खाद्य पदार्थको गुणस्तर मापन गर्न २५ वटा खाद्य नमुना संकलन र २७ वटा खाद्य स्वच्छताको लागि सर्भिलेन्सका नमुना संकलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी पठाइएको रिपोर्ट केही दिनमा आउने समेत निमित्त प्रमुख सापकोटाले बताए । परीक्षणको लागि ल्याबमा पठाइएको सामाग्रीमा कैफियत देखिएमा कानुन बमोजिम कारबाही गरिने समेत बताए ।

बजार अनुगमनमा म्याद गुज्रेका सामाग्रीहरू केही मात्रामा फेला पर्ने गरेको समेत बताए । भौगोलिक विकटता, उपभोक्ताहरूमा जनचेतनाको अभावका कारण अखाद्य चिज बस्तु बजारतिर पाइने गरेको समेत निमित्त प्रमुख सापकोटाले बताए ।

खाद्य पदार्थको गुणस्तरमा सेवाग्राहीका केही गुनासा छन् भने कार्यालयमा आएर उजुर गर्न सकिने समेत त निमित्त प्रमुख सापकोटाले बताए ।

कार्यक्षेत्रका विभिन्न जिल्लाहरूमा अनुगमनको क्रममा खाद्य उद्योग तथा पानी उद्योगको अनुज्ञा पत्र नवीकरण तथा नयाँ जारी गर्नका लागि स्थलगत निरीक्षण गरी सुधारका लागि निर्देशन दिने गरेको समेत बताए ।

जनशक्ति अभाव, कार्यक्षेत्र सुदूरका तिन जिल्ला हेर्नुपर्ने बाध्यताका बावजुत अनुगमनको कार्यलाई निरन्तरता दिएको पाइन्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना पश्चात् बजार अनुगमनमा सहजता भएको डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए ।

जिल्लामा संयुक्त रूपमा हुने अनुगमनमा सबै क्षेत्रका विज्ञहरूको आवश्यक पर्नुका साथै खाद्यको अझ धेरै भूमिका भएकोले अनुगमनमा सहजता भएको समेत प्रजिअ अर्यालले बताए । सुदूरका पहाडी जिल्लाहरूमा पछिल्लो समयमा बजार अनुगमनको कार्यलाई निरन्तरता दिँदा व्यापारी उपभोक्ताहरू सचेत भएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस