काठमाडौँ । नवनिर्वाचित राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले पदभार ग्रहण गरेकी छन् ।
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवको उपस्थितिमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालबाट पद तथा गोपनीयताको शपथ लिइसकेपछि उनले सिंहदरवारस्थित राष्ट्रिय सभाको कार्यकक्षमा पदभार ग्रहण गरेकी हुन् ।
राष्ट्रिय सभाको बुधबार बसेको बैठकले उपाध्यक्ष निर्वाचित गरेको थियो । जसमा घिमिरेले नेपाली काँग्रेसकी उम्मेदवार विष्णुदेवी पुडासैनीलाई पराजित गरेकी थिइन् ।