७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङबो घले पक्राउ

अ+ अ-

काठमाडौँ । रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङबो घले पक्राउ परेका छन् । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा घलेलाई पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

कुवेत पठाई दिने भनी श्रीलङ्का पुर्‍याई मानव बेचबिखन गर्ने कार्यमा संलग्न रहेका घलेलाई बुधवार काठमाडौँको बबरमहलबाट पक्राउ गरिएको ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाँलले जानकारी दिए । पीडित जाहेरवाला परिवर्तित नाम २६ परिसर (ट) का अनुसार घले समेतका व्यक्तिहरूले कुवेतमा मासिक ८० कुबेती दिनार अर्थात् नेपाली रुपैयाँ २८ हजार बराबर तलब पाइने काममा लगाई दिने लोभ लालचमा पारी राहदानीसमेत आफ्नै खर्चमा बनाई दिएका थिए । 

कुवेत जानको लागि “तिमीहरूको दिल्लीमा भिसा आई सक्यो, अब दिल्ली जानु पर्छ, दिल्लीमा धेरै दिन बस्नु पर्दैन” भनी २०७३ सालको साउन महिनामा भारतको नयाँ दिल्ली हुँदै भिजिट भिसामा श्रीलङ्काको कोलम्बोमा पुर्‍याई कोठामा राखी कुटपिट गरी बन्धक बनाई राखेको अवस्थामा नेपाल प्रहरी तथा अन्य संघ संस्थाको समन्वयमा २६ परिसर (ट) नेपाल फर्किन सफल भएकी थिइन् । आर्थिक अवस्था कमजोर भएकी पीडितसमेतलाई घलेले लोभ लालचमा पारी भिजिट  भिसामा भारतको दिल्ली हुँदै श्रीलङ्काको कोलम्बोमा पुर्‍याई स्थानीय एजेन्टलाई जिम्मा लगाएको अनुसन्धानबाट खुल्न आएको प्रवक्ता फुयाँलले बताए ।

भिजिट भिसामा पठाउँदा घलेले श्रीलङ्काको कोलम्बोमा बुद्ध दर्शनको लागी जान लागेको भन्नु भनी सिकाएको, श्रीलङ्काको कोलम्बोमा पुर्‍याए पश्चात् श्रीलंकन मूलकको एजेन्टले पीडितको राहदानी लगायतका कागजातहरू नियन्त्रणमा लिई पर्याप्तसँग खान समेत नदिई पीडितलाई कुटपिट गरी बन्धक बनाई राखेका थिए । घटनामा संलग्न अन्य अभियुक्तहरूको खोजतलास तथा थप अनुसन्धान कार्य जारी रहेको ब्युरोले जनाएको छ । 

ब्युरोका अनुसार घलेलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस