६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महानगरले सुरु गर्‍यो एक वडा, एक नमुना उद्यम कार्यक्रम

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १५ वटा वडामा ‘एक वडा, एक नमुना उद्यम कार्यक्रम’ सुरु गरेको छ । महानगरको सामाजिक विकास विभागले राष्ट्रिय सभा गृहमा औपचारिक समारोह आयोजना गरेर वडाको उत्पादन सार्वजनिक गर्दै कार्यक्रम थालनी गरेको हो ।

कार्यक्रममा महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले गुणस्तरीय स्वदेशी उत्पादनले आयात विस्थापन गर्दै लैजान साना साना उद्यम विकास कार्यक्रम थालिएको जानकारी दिइन् । यस वर्षका लागि उद्यम विकास र प्रविधि हस्तान्तरणका लागि महानगरले एक करोड रुपैयाँ विनियोजन गरेको छ । वडाहरूले स्थानीय उद्यमीको रुचि, यसअघि भइरहेका अभ्यास, कच्चा पदार्थको उपलब्धताजस्ता आधारमा विभिन्न उत्पादन छानेका छन् ।

विभागका अनुसार अहिले १५ वटा वडाका लागि एक/एक वटा उद्यम छानिएका छन् । वडा नम्बर १ र ३० मा गुन्द्रुक र मस्यौरा, वडा-२ मा मस्यौरा र तितौरा, वडा-३ र ४ मा फेल्टको सामान, वडा-७ मा क्रिस्टल तथा पोतेको गहना, वडा-८ मा दुनाटपरी र रुद्राक्षको ढक्की, वडा-९ मा रुद्राक्षको माला र धुप बनाउने, वडा-१० मा मस्यौरा र अचार बनाउने उद्यम छानिएका छन् ।

यसैगरी वडा-१२ मा सुकुल, वडा-१६ मा काष्ठकला, वडा-२१ मा कटाँकी मूर्ति कुँद्ने, वडा-२२ मा जुत्ता बनाउने, वडा-२४ मा झोला बनाउने र वडा-३२ अचार बनाउने उद्यम छानिएका छन् ।

‘एक वडा एक उद्यम, आफ्नै सीप आफ्नै मौलिकपन, आत्मनिर्भर उद्यमी बन्न, हाम्रै लगानी हाम्रै श्रम’ भन्ने नारा राखेर कार्यक्रम चलाउन थालेको हो ।

प्रतिक्रिया दिनुहोस