८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक वर्ष २०२४ मा बङ्गलादेशको आर्थिक वृद्धि ६.१ प्रतिशत हुने एडिबीको प्रक्षेपण

अ+ अ-

ढाका । एसियाली विकास बैंक (एडिबी) को पछिल्लो प्रतिवेदनअनुसार निर्यातका आधारमा बङ्गलादेशको कूल गार्हस्थ्य उत्पादन(जिडिपी)आर्थिक वर्ष २०२४ (जुलाई २०२३ देखि जुन २०२४ सम्म)छ दशमलव एक प्रतिशतले बढ्ने अपेक्षा छ । 

मनिलास्थित बैंकले बिहीबार जारी गरेको एसियाली विकास आउटलुक (एडिओ) अपडेटमा व्यापक आर्थिक प्रतिकूलताहरू भए पनि बलियो निर्यात र संरचनात्मक सुधारप्रति सरकारको समर्पणका कारण चालु र आगामी वर्षहरूमा जिडिपीको विस्तारले क्रमशः गति लिने अपेक्षा गरिएको उल्लेख छ । 

उन्नत अर्थतन्त्रमा मौद्रिक कडाइ, बाहिरी मागमा कमी र मुद्रास्फीतिमा उछालका कारण आर्थिक वर्ष २०२३ मा मुलुकको आर्थिक वृद्धि सुस्त भएर पाँच दशमलव आठ प्रतिशत भएको प्रतिवेदनमा उल्लेख छ । आगामी आर्थिक वर्षमा जिडिपी वृद्धि छ दशमलव छ प्रतिशतसम्म बढ्न सक्ने प्रतिवेदनमा बताइएको छ । 

यद्यपि प्रतिवेदनमा उच्च मुद्रास्फीति दरमा कमी आउने अनुमान गरिएको छ । मुद्रास्फीति आर्थिक वर्ष २०२४ मा औसत आठ दशमलव चार प्रतिशत र आर्थिक वर्ष २०२५ मा सात प्रतिशत हुनेछ । 

गत वर्ष अक्टोबरमा अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले आर्थिक वर्ष २०२३-२४ का लागि बङ्गलादेशको अर्थतन्त्रको विकासको अनुमानलाई घटाएर छ प्रतिशत गरेपछि एडिबीको अनुमान आएको हो । आइएमएफले यसअघि उक्त आर्थिक वर्षका लागि छ दशमलव पाँच प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । 

विश्व बैंकले यसअघि निरन्तर उच्च मुद्रास्फीति र बाहिरी भुक्तानी चुनौतीका बीच आर्थिक वर्ष २०२३-२४ का लागि बङ्गलादेशको आर्थिक विकासको अनुमानलाई घटाएर पाँच दशमलव छ प्रतिशतमा झारेको थियो ।

प्रतिक्रिया दिनुहोस