१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्रीउपर संसदीय समिति नबनाए सरकारले संसदीय अभ्यासमाथि प्रहार गर्‍यो : प्रकाशमान सिंह

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले, सरकारले सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर छानबिन गर्न संसदीय समिति बनाउन नचाहेर संसदीय अभ्यासमाथि नै प्रहार गरेको बताएका छन् ।

नयाँ वर्षको अवसरमा आज काठमाडौँको नयाँ बानेश्वरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सिंहले सो धारणा राखेका हुन् ।

सरकारका मन्त्रीहरूमाथि प्रश्न उठिसकेपछि संसदीय छानबिन गर्नु संसदीय अभ्यासभित्रै पर्ने उनले बताए । तर सरकारले रविमाथि छानबिनका लागि संसदीय समिति बनाउन नचाहनुले सरकार संसद्को क्षेत्राधिकार माथि नै प्रहार गरिरहेको भनेर बुझ्नुपर्ने उनको भनाइ थियो ।

अहिले काँग्रेसको कारण नभै सरकारकै गैर जिम्मेवारीका कारण संसद्को गतिरोध नहटेको भन्दै नेता सिंहले भने, ‘सरकारले संसदीय छानबिन समिति नबनाएसम्म काँग्रेस आफ्नो मुद्दाबाट पछि हट्दैन ।’

जनताको आशा भरोसा काँग्रेसप्रति भएकाले गुनासो पनि काँग्रेससँगै भएको भन्दै उनले त्यसलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए । राष्ट्रिय राजनीतिमा आउने गतिरोध अन्त्य र जनताका गुनासा सम्बोधनका लागि काँग्रेसले सधैँ अभिभावकीय भूमिका निर्वाह गर्दै आएको भन्दै सहकारी पीडितलाई न्याय दिन पनि काँग्रेसले पहल लिने बताए ।

उनले देशमा राजनीतिक स्थायित्वको वातावरण बनाएर मात्र लगानी सम्मेलन गर्दा उचित हुने धारणा पनि राखे ।

प्रतिक्रिया दिनुहोस