१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेनीमा पर्यटक सूचना केन्द्र 

अ+ अ-

म्याग्दी । म्याग्दीमा भित्रने पर्यटकहरूलाई जिल्लाका धार्मिक, पर्यटकीय स्थलको बारेमा जानकारी गराउने उद्देश्यले बेनीमा आजदेखि पर्यटक सञ्चालन केन्द्र सञ्चालन भएको छ । 

म्याग्दी उद्योग वाणिज्य सङ्घ, बेनी नगरपालिका र नेपाल पर्यटन बोर्डले बेनपा-८ कालीपुल बसपार्कमा सञ्चालन गरेको केन्द्रको नव वर्ष २०८१ को अवसर पारेर आज जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गरे । 

म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबिन श्रेष्ठले जिल्लाको प्रमुख नाका कालीपुल बसपार्कमा स्थापना भएको सूचना केन्द्रमा जिल्लाका धार्मिक, पर्यटकीयस्थल, कला, संस्कृतिसम्बन्धी जानकारीमूलक तस्बिर तथा दृश्य सामग्री राखिएको बताए । 

“म्याग्दी भ्रमण वर्षका अवसरमा २०७५ मा स्थापना भएको सूचना केन्द्र कोरोना महामारी फैलिएपछि विसं २०७७ देखि बन्द भएको थियो,” उनले भने, “३ वर्षपछि पुनः सञ्चालनमा ल्याइएको सूचना केन्द्रमा एकजना कर्मचारी राखेका छौँ ।” 

सूचना केन्द्र रहेको भवनमा स्थानीय उत्पादनहरुको बिक्री कक्षसहितको कोसेली घर पनि छिट्टै सञ्चालनको तयारी गरेको सङ्घका वरिष्ठ उपाध्यक्ष राजेश शाक्यले जानकारी दिए । म्याग्दीका छवटा स्थानीय तहका पर्यटकीय, धार्मिक स्थलका साथै जनजीवन, संस्कृति, रहनसहन झल्कने तस्बिर, त्यसको महत्व, अवस्थिति, पुग्न लाग्ने समय र खान बस्नको सुविधालगायत विषयमा जानकारीमूलक बोर्ड राखिएको छ । 

सूचना केन्द्रका संयोजक समेत रहेका शाक्यका अनुसार कर्मचारीले पर्यटकलाई पदमार्गसम्बन्धी अन्योलमा परामर्श दिने, मद्दत, सहजीकरण, समन्वय गर्नेछन् । स्थानीय तह र निजी क्षेत्रको समन्वयमा सूचना केन्द्रलाई दीर्घकालीन हिसाबले सञ्चालन गर्नुपर्ने जिसस प्रमुख थापाले बताए ।

सूचना केन्द्र स्थापनाका लागि तत्कालीन जिविस र बेनी नगरपालिकाले रु २५ लाख बढी बजेट खर्चेर भवन बनाएका थिए । नेपाल पर्यटन बोर्डले पर्यटकीय क्षेत्रको फ्रेमसहित फोटाहरू, मोना हङकङले ५१ इन्चको भिडियो डिस्प्ले स्क्रिन राखेको छ । उद्योग वाणिज्य सङ्घ, जेसिजलगायत सङ्घ, संस्थाले म्याग्दीका पर्यटकीय क्षेत्रका नक्सा, गाइड बुक र ब्रोसर राखेका म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव नारायण जिसीले बताए ।  

प्रतिक्रिया दिनुहोस