९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आधारभूत शिक्षाको महत्त्व जनस्तरसम्म फैलाउन मन्त्री श्रेष्ठको आह्वान

अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले आधारभूत शिक्षाको महत्त्वको सन्देश जनस्तरसम्म फैलाउन आह्वान गरेकी छिन् ।

आइतबारदेखि सुरु भएको विद्यालय भर्ना अभियानका अवसरमा शुभकामना सन्देश दिँदै मन्त्री श्रेष्ठले आधारभूत शिक्षा प्राप्त नगरेको व्यक्ति सरकारी सेवा प्रवेशसँगै कुनै पनि कम्पनी तथा फर्महरूमा नियुक्ति वा निर्वाचित हुन नपाउने भन्दै आधारभूत शिक्षाको महत्त्वको सन्देश जनस्तरसम्म फैलाउन आह्वान गरेकी हुन् ।

‘अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ अनुसार आगामी २०८५ वैशाख १ गतेबाट आधारभूत शिक्षा प्राप्त नगरेको व्यक्ति कुनै पनि कम्पनी तथा फर्महरूमा संस्थापक सदस्य, शेयर धनी, सञ्चालक वा कुनै पनि पदमा निर्वाचित वा नियुक्त हुन पाउने छैनन् र कुनै पनि सरकारी सेवामा प्रवेश गर्न सक्ने छैनन्,’ मन्त्री श्रेष्ठले शुभकामना सन्देशमा भनेकी छिन्, ‘त्यसैले पनि आधारभूत शिक्षाको महत्त्वबारे जनस्तरमा सन्देश फैलाउन र नयाँ भर्नाको सूचना लक्षित वर्गसम्म पुर्‍याउन नागरिक समाज, शैक्षिक जगत् कलाकारिता क्षेत्र र सबै सरोकारवालाहरूलाई सहजीकरण गर्न मन्त्रालय अनुरोध गर्दछ ।’

विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा भर्ना गराई शिक्षा सम्बन्धी मौलिक हक कार्यान्वयनको सुनिश्चितता गर्न मन्त्रालयले विभिन्न कार्यक्रमसहित आइतबारदेखि विद्यालय भर्ना अभियान सुरु गरेको छ । नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहहरू र समुदायको समेत सक्रिय सहभागिताले मात्रै नयाँ भर्ना र सामुदायिक शिक्षा सुधारको अभियान सफल हुने मन्त्री श्रेष्ठको भनाइ छ ।

‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने आदर्श वाक्यसँगै आजबाट सुरु भइरहेको नयाँ शैक्षिक सत्रको भर्नाका अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक तथा सबै आमा–बुबा, दाजु–भाइ, दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्दछु,’ मन्त्री श्रेष्ठको शुभकामना सन्देशमा भनिएको छ । शिक्षक, कर्मचारी, अभिभावक र समाजका प्रबुद्ध वर्गहरूको सक्रिय सहभागितामा विद्यार्थी भर्नाको अभियान सञ्चालन गर्न सबै सरोकारवालाहरूलाई मन्त्रालयले आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस