८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आईपीएलमा चेन्नई सुपर किंग्सको चौँथो जित

अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत आइतबारको खेलमा चेन्नई सुपर किंग्सले जितेको छ । प्रतियोगिताअन्तर्गत चेन्नईको यो चौँथो जित हो । मुम्बईको घरेलु मैदानमा आइतबार राति भएको खेलमा चेन्नईले मुम्बई इन्डियन्सलाई २१ रनले पराजित गर्‍यो । 

मुम्बईका लागि रोहित शर्माले शतकपारि खेले, तर त्यो जितका लागि पर्याप्त हुन सकेन । चेन्नईले दिएको २०७ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८६ रन मात्रै बनायो । मुम्बईका लागि ओपनर रोहित शर्माले ६३ बलमा ११ चौका र ५ छक्काको सहयोगमा अविजित १०५ रनको शतकीय ईनिङ्ग्स खेलेका थिए । तिलक बर्माले २० बलमा ५ चौकाको सहयोगमा ३१ रन बनाए । 

अर्का ओपनर इमान किशनले १५ बलमा ३ चौका र १ छक्काको सहयोगमा २३ रन बनाए । पहिलो विकेटका लागि शर्मा र किशनले ४३ बलमा ७० रनको साझेदारी गरेका थिए ।

यता, चेन्नईका लागि मधिशा मधिरानाले ४ तथा मुस्ताफिजुर रहमान र तुसार देशपान्डेले समान १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाएको थियो । चेन्नईका लागि ऋतुराज गायकवाड तथा शिभम दुवेले अर्ध शतक बनाए । दुवेले ३८ बलमा ६ चौका र २ छक्काको सहयोगमा अविजित ६६ रन बनाए । कप्तान गायकवाडले ४० बलमा ५ चौका र ५ छक्काको सहयोगमा ६९ रन बनाए । दुवे र गायकवाडले तेस्रो विकेटका लागि ४५ बलमा ९० रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए। 

ओपनर रचिन रविन्द्रले १६ बलमा २ चौका र १ छक्काको सहयोगमा २१ रन बनाएका थिए भने अर्का ओपनर अजिंका रहाणेले ५ रन मात्र बनाउन सके । ड्यारियल मिचेलले १४ बलमा १७ रन थपे । 

यस्तै पूर्व कप्तान महेन्द्रसिंह धोकी २० रनमा अविजित रहे । उनले ४ बलमा ३ छक्का प्रहार गरेका थिए भने २ रन अन्यबाट जोडेका थिए । मुम्बईका लागि हार्दिक पान्ड्याले २ तथा जेरार्ड कोट्जे र श्रेयस गोपालले समान १/१ विकेट लिए । 

छैटौं खेलबाट चौथो जितका साथ चेन्नई ८ अंकसहित तेस्रो स्थानमा कायम रहेको छ भने छैटौं खेलमा चौथो हार व्यहोरेको मुम्बई ४ अंकसहित पुछारबाट तेस्रो स्थानमा रहेको छ । 

प्रतिक्रिया दिनुहोस