१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आध्यात्मिकताले खराबी गर्दैन समाजको शुद्धीकरण गर्छ : मन्त्री चौधरी

अ+ अ-

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले स्वस्थ, सभ्य, असल र संस्कारी समाज बनाउनका लागि आध्यात्मिक शिक्षाले महत्त्वपूर्ण भूमिका खेल्ने बताएकी छन् । सुनसरीको धार्मिक एवं पर्यटकीय स्थल चतरा धाममा जारी बाह्रबिसे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले धार्मिक सद्भाव र आध्यात्मिक चेतनाले वर्तमान समाजलाई परिवर्तन गर्न सक्ने बताइन् । 

नेपाली भूमि हिन्दु सनातनीहरूको ठुलो पावन भूमि रहेको भन्दै मन्त्री चौधरीले इतिहासको कालखण्डमा लिखित हिन्दु सनातनीमा मात्र नभएर अनेक इतिहासहरूले कोरिएको कौशिक नदीको नाम जोडिएको भूमिका हिसाबले पनि चतरा धाम महत्त्वपूर्ण रहेको बताइन् । 

‘हामी धर्म, कर्म, आध्यात्मिक चेतनाले खाली हामी परमधाम, परमपिता अथवा स्वर्गमा जान्छौँ भन्ने आशा राख्छौँ, तर त्यतिमात्रै होइन । अहिलेको समाज धेरै तडकभडक, धेरै प्रतिस्पर्धात्मक छ, अस्वस्थ प्रतिस्पर्धा छु,’ उनले भनिन्, ‘यसले अस्वस्थ प्रतिस्पर्धालाई चिर्न मद्दत पुर्‍याउछ । त्यसकारण हरेक व्यक्ति अनुशासनमा रहने हो भने धार्मिक हुनु जरुरी छ ।’

भारतमा पनि १२ वर्षमा ठुलो कुम्भ मेला लाग्ने गरेको प्रसङ्ग उल्लेख गर्दै मन्त्री चौधरीले यस्ता धार्मिक मेलाहरूले मुलुकको पर्यटकीयसँगै आर्थिक विकासमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् । 

उनले बराहक्षेत्र र चतरा एक महत्त्वपूर्ण धार्मिक गन्तव्य भएको भन्दै यहाँको धार्मिक गन्तव्यहरूको विकास र प्रवर्द्धन गर्नका निम्ति तीन वटै तहका सरकारले ध्यान केन्द्रित गर्नुपर्ने बताइन् । 

प्रतिक्रिया दिनुहोस