८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजेश हमाल बने गोरेटोको ब्रान्ड एम्बेसडर

अ+ अ-

काठमाडौँ । अभिनेता राजेश हमाल पछिल्ला दिनमा देश विदेशमा हुने विभिन्न कार्यक्रम तथा म्युजिक भिडियो र विज्ञापनहरूमा व्यस्त छन् ।

नयाँ वर्ष २०८४ मा नयाँ फिल्ममा आउने बताएका हमालले बुधबार बबरमहलमा घोडामा चढेर एउटा ट्राफिक सचेतनामूलक टिभी विज्ञापनमा अभिनय गरे ।

अभिनेता हमाल क्यानडा अध्ययनका लागि गोरेटो कन्सल्ट्यान्सीको ब्राण्ड एम्बेसडर बनेसँगै उनले एक वर्षसम्म गोरेटो कन्सल्ट्यान्सीका विभिन्न पोजेक्टमा काम गर्ने कुरा प्रबन्धक निर्देशक धिरज कंडेलले जानकारी दिए ।

सामाजिक उत्तरदायित्व अन्तर्गत यो विज्ञापन ट्राफिक सचेतनाका निम्ति निक्कै नै प्रभावकारी हुनेमा राजेश स्वयम विश्वस्त देखिएका छन् । सामाजिक उत्तरदायित्व अन्तर्गत विज्ञापन ट्राफिक सचेतनाका निम्ति निक्कै नै प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको कंडेलले राजेश हमाललाई अहिलेसम्मकै उत्कृष्ट अवतारमा उतारेको पनि जनाएका छन् । 

अभिनेता हमाल स्वयम पनि उच्च शिक्षाका लागि विदेशमा पढेका एक बौद्धिक व्यक्तित्व भएका कारण उनको यो विज्ञापन प्रभावकारी बन्ने अर्का एड्भाइजर राम खड्काले बताए । खड्काले क्यानडा अध्ययन गर्न नेपालमा भरपर्दो शैक्षिक परामर्शदाताका रूपमा परिचित भएको गोरेटो कन्सल्ट्यान्सीले बेलाबेलामा यस्ता सामाजिक सचेतनाका लागि विभिन्न कार्यहरू गर्ने बताए । 

त्यस्तै गोरेटोका चर्चित परामर्शदाता प्रकाश रेग्मी पनि निक्कै नै उत्साहित देखिएका छन् ।

 क्यानाडाले हालसालै अन्तर्राष्ट्रिय विद्यार्थी लक्षित केही नीतिमा परिमार्जन गरेको र उक्त नीति विद्यार्थीहरूको क्यानडा बसाइ राम्रो बनोस् भन्नका लागि नै बनाएको बताएका छन् ।

आफू डेनमार्कमा अध्ययन गरेका रेग्मी अन्तर्राष्ट्रिय अनुभव लिन र बदलिँदो विश्व परिवेशमा क्यानडा जस्तो उत्कृष्ट गन्तव्यमा पढ्न र सकभर नेपाल फर्किएर देशको लागि केही गर्नका लागि युवाहरूलाई अनुरोध गरेका छन् । महानायक हमालले एक वर्षसम्म गोरेटोसँग जोडिएर काम गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस