८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा परिवर्तन हुन सकेन : मन्त्री शर्मा

अ+ अ-

काठमाडौँ । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा परिवर्तन हुन नसकेको स्वीकार गरेकी छन्।

जनताको अवस्था सुधारका लागि संविधानमा मौलिक हकहरूको व्यवस्था गरे पनि त्यसको कार्यान्वयन हुन नसक्दा जनताको अवस्था परिवर्तन हुन नसकेको मन्त्री शर्माले बताएकी हुन्।

नेपाल पत्रकार महासंघ दाङको २२ औँ साधारण सभा तथा १२ औँ अधिवेशन एवं मिडिया महोत्सवको सोमबार दाङको घोराहीमा उद्घाटन गर्दै मन्त्री शर्माले जनताको अवस्था परिवर्तनका लागि कानुन कार्यान्वयन पहिलो सर्त भएको र त्यसको कार्यान्वयनका लागि सरकार र मिडिया एक भएर अगाडि बढ्नु पर्ने बताइन्।

‘राजनीतिक व्यवस्था परिवर्तन भयो। जनताको अवस्थामा परिवर्तन आउन सकेन हामीले भनिरहेका छौँ। त्यसको स्वीकारोक्ति हामीलाई पनि भइरहेको छ,’ उनले भनिन्,’राजनीति परिवर्तन सँगसँगै जनताको अवस्थामा परिवर्तन ल्याउन कानुन कार्यान्वयनलाई जोड दिएका छौँ।’

कार्यक्रममा बोल्दै मन्त्री शर्माले अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक स्वतन्त्रताको लागि सरकार प्रतिबद्ध रहेको पनि बताइन्। अहिले राजनीतिक स्थायित्व भए पनि राजनीतिक अभिभारा पूरा गर्न बाँकी रहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस