९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रत्येक व्यक्तिले आफ्नो कमाइको १० प्रतिशत आफ्ना बाबा आमाका लागि लगानी गर्नुपर्छ : मन्त्री चौधरी

अ+ अ-

सुनसरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले अब प्रत्येक व्यक्तिले आफ्नो कमाइको १० प्रतिशत आफूलाई जन्मदिने बाबा आमाका लागि खर्च गर्नुपर्ने बताएकी छिन् ।

सुनसरीको गढी गाउँपालिका ६ सत्तेरझोडामा आयोजित झुल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले सबैभन्दा पहिले जनप्रतिनिधिबाट यो कार्यको सुरुआत गर्नुपर्ने बताइन् । ‘ज्येष्ठ नागरिकको सेवा गर्न पाउनु भनेको हामी सबैका लागि गर्वको विषय हो र त्यो हाम्रो जिम्मेवारी पनि हो । अब प्रत्येक व्यक्तिले कमाइको १० प्रतिशत आफ्नो बाबा आमाका लागि खर्च गर्नुपर्छ’, उनले भनिन् ।

अपाङ्गता भएका व्यक्तिहरूको पक्षमा पनि यो काम अनिवार्य हुन जरुरी रहेको उनको भनाइ छ । कतिपय अपाङ्गता भएका व्यक्तिहरूको अवस्था एकदमै दयनीय रहेको भन्दै उनले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको पक्षमा उसको परिवार पनि उत्तिकै जिम्मेवार हुनुपर्ने बताइन् । राज्यले पनि ऐनमार्फत विभिन्न व्यवस्था गरेर अगाडि बढेको मन्त्री चौधरीको भनाइ छ ।

मुलुकका हरेक वर्गहरूको पक्षमा सरकारले काम गर्ने बताउँदै उनले महिला, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरूको पक्षमा अत्यन्त मानवीय संवेदना जोडिएको क्षेत्रको जिम्मेवारीमा आफू रहेको बताइन् । ‘अत्यन्तै मानव संवेदनशील मन्त्रालयको जिम्मेवारीमा सम्हालिरहेको छु । जसले ५१ प्रतिशत महिला, ८.१३ प्रतिशत ज्येष्ठ नागरिक, ११ प्रतिशत रहेको बालबालिका, अपाङ्गता भएका व्यक्तिहरूको जनसंख्या २‍.२ प्रतिशत जनसंख्या रहेको वर्गको पक्षमा काम गर्नुपर्नेछ’, मन्त्री चौधरीले भनिन् ‘समग्रमा महिला मन्त्रालयले गर्नुपर्ने काम धेरै छ । जनसङ्ख्याको हिसाबले पनि ठुलो हिस्सा ओगट्छ । तर यस क्षेत्रमा काम गर्नका लागि पर्याप्त बजेट छैन । तर पनि मैले दिइएको स्रोतसाधनलाई बढीभन्दा बढी सकारात्मक कामका पक्षमा प्रयोग गर्ने योजनामा छु ।’

मन्त्री चौधरीले ५१ प्रतिशत जनसंख्या रहेको महिलालाई ३३ प्रतिशत राजनीति सहभागिताको व्यवस्था भए पनि सामाजिक रूपमा अन्य विभिन्न सामाजिक संघसंस्थाहरूमा, सेना, प्रहरीमा अझै पनि ३३ प्रतिशत सहभागिता पुग्न नसकेको बताइन् । स्थानीय तहमा न्यायिक समितिको जिम्मेवारी उपप्रमुख/उपाध्यक्षलाई दिइएको भन्दै उनले बजेट निर्माण प्रक्रियामा पनि उत्तिकै भूमिका हुनुपर्ने बताइन् ।

सो अवसरमा मन्त्री चौधरीले आफ्नो निर्वाचन क्षेत्रका ज्येष्ठ नागरिक, अपाङ्गता भएका र विपन्न वर्गका परिवारलाई झुल वितरण गरेकी थिइन् । मन्त्री चौधरीले सुनसरीको गढी गाउँपालिका ६ सत्तरझोडामा आयोजित एक कार्यक्रममा १२० परिवारलाई झुल वितरण गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस