१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइपीएलमा कोलकातामाथि राजस्थानको रोमाञ्चक जित

अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल)मा राजस्थान रोयल्स (आरआर) ले कोलकाता नाइटराइडर्स (केकेआर) माथि २ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ । अन्तिम ओभरको अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानको जोस बटलरले नटआउट शतकीय पारि खेल्दै २२४ रनको विशाल लक्ष्य पुरा गराउन महत्त्वपूर्ण भूमिका खेले ।

सुरुमा राजस्थानका कप्तान सञ्जु सैमसनले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपनि सुनिल नारायणको कीर्तिमानी शतकका अगाडि उनको यो निर्णय गलत साबित भएको थियो । कोलकाताका ओपनर सुनिल नारायणले ५६ बलमा १०९ रन बनाएर निर्धारित ओभरमा ६ विकेट गुमाएर २२३ रनको विशाल योगफल स्कोरवोर्डमा खडा गरेको थियो ।

२२४ रनको लक्ष्यको जवाफमा राजस्थानले अन्तिम बलमा खेल जित्यो । जोस बटलरले १०७ अविजित रनको तुफानी पारि खेल्दै आफ्नो टोलीलाई ऐतिहासिक जित दिलाए ।

केकेआरका ओपनर सुनिल नारायण र फिल साल्टले इनिङ्स सुरुवात गरेका थिए  । अवेश खानको उत्कृष्ट क्याचका कारण साल्ट १० रनमा मात्रै पभेलियन फर्किए । दोस्रो विकेटका लागि सुनिल नारायणलाई अंगकृष रघुवंशीले साथ दिए । उनीहरूले मिलेर ८४ रनको साझेदारी गरे जसमा अंगकृषले १८ बलमा ३० रन बनाए । मिडल अर्डरमा श्रेयस अय्यरले ११ रनको छोटो पारी खेले भने आन्द्रे रसेलले १३ रनको छोटो पारी खेले तर अर्को छेउमा उभिएका सुनिल नारायणले ४९ बलमा शतक पूरा गरे ।

सुनिल नारायणले ५६ बलको सामना गर्दै १३ चौका र ६ छक्का सहित १०९ रन बनाए । सुनिल नारायण आईपीएल इतिहासमा केकेआरका लागि शतक बनाउने तेस्रो ब्याट्सम्यान बनेका छन् । यसअघि ब्रेन्डन म्याकुलम र भेंकटेश अय्यरले शतक बनाएका थिए । केकेआरका लागि रिंकु सिंहले अन्तिम ओभरमा केही आक्रामक पारि खेल्दै टोलीलाई २२३ रनको ठूलो स्कोरमा पुर्‍याए । रिंकु सिंहले ९ बलमा २० रन बनाए । राजस्थानका लागि आवेश खान र कुलदीप सेनले सर्वाधिक २–२ विकेट लिए ।

२२४ रनको लक्ष्य पछ्याउन आएका ओपनर यशस्वी जैसवालले ९ बलमा १९ रन बनाए । सञ्जु सामसन १२ रन बनाएर आउट भएपछि रियान पराग र जोस बटलरले तेस्रो विकेटका लागि ५० रनको साझेदारी गरे । रियान परागले १४ बलमा ४ चौका र २ छक्का सहित ३४ रन बनाए । मिडल अर्डरमा ध्रुव जुरेल २ रन, रविचन्द्रन आश्विन ८ रन र शिमरान हेटमायर शून्य रन बनाएर पभेलियन फर्किएका थिए । अन्त्यमा रोभम्यान पावेलले जोस बटलरलाई साथ दिँदै १३ बलमा २६ रन बनाए ।

जोस बटलरले अन्तिम ओभरमा एक्लै ब्याटिङ गर्दै ९ चौका र ६ छक्का प्रहार गर्दै १०७ रनको पारी खेले । बटलर र आवेश खानले ९औं विकेटका लागि ३८ रनको साझेदारी गरे, जसमा आवेश खानले एक बल खेलेनन् र सबै रन जोस बटलरको ब्याटबाट बनेका थियो । जोस बटलरले यो सिजनको दोस्रो शतक प्रहार गरे । यो आईपीएल इतिहासमा कुनै पनि टोलीले संयुक्त रूपमा सबैभन्दा ठूलो रन पछ्याएको थियो । यसअघि पनि राजस्थान रोयल्सले सन् २०२० मा पञ्जाब किंग्सविरुद्ध २२४ रनको लक्ष्य पछ्याएको थियो ।

प्रतिक्रिया दिनुहोस