७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ गठबन्धनको सुरूआतमै ‘प्रचण्ड’-ओलीले विश्वासमा कुठाराघात गरे : एकीकृत समाजवादी

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले नयाँ समीकरणका मुख्य घटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबाट आफूहरूको विश्वासमा कुठाराघात गरेको निष्कर्ष निकालेको छ।

सचिवालयको बैठकपछि बोल्दै प्रवक्ता जगन्नाथ खतिवडाले नयाँ गठबन्धनमा आफूहरूलाई जस्तो व्यवहार हुन्छ त्यस्तै कदम चाल्ने बताए।

उनले भने, ‘केपी ओली र ‘प्रचण्ड’ले एक अर्कालाई बार्गेनिङ गर्दै आलोपालो प्रधानमन्त्री खाने शर्तमा यो गठबन्धन बनाउनुभएको छ। मन्त्री कसको कति भन्ने उहाँहरूले टुंगो गर्नुभएको छ। त्यो भन्दा ठूलो बार्गेनिङ के होला अरु ? संयुक्त सरकार बनाउने भनेपछि त्यहाँभित्र सबैले पद र अवसरहरूको विषयमा बाँडफाँट गर्छन्। हामी पनि समीकरणमा सहभागी दल भएकाले माग गर्छौँ। केपी ओलीले हामीलाई गाली गरेको एक पटक मात्रै होइन, हजारौँ पटक गरिसक्नुभएको छ।’

उनले गठबन्धनमा हिजोसम्म विश्वासको आदानप्रदान गरौँ भनेर दौडिरहेको भए पनि अब आफूहरूको गति गठबन्धन घटकका अन्य दलको भूमिकामा निर्भर हुने बताए।

उनले भने, ‘यो गठबन्धनको सुरुमै गठबन्धनका मुख्य शक्तिहरूले विश्वासमाथि कुठाराघात गरिरहेका छन्। हामी उहाँहरूले जस्तो व्यवहार गर्नुहुन्छ त्यस्तै उत्तर दिनेछौँ। हामीलाई विश्वास गरे त्यही अनुसार चल्छौँ, कुनामा पार्न खोजे त्यही अनुसार हाम्रो कदम हुन्छ। त्यस कारणले विगतमा सहमतिका धेरै कागजहरू च्यातिएका फालिएका छन्, राजनीतिक घटनाक्रम छन्।’

प्रतिक्रिया दिनुहोस