४ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन कक्षा एकमा अङ्ग्रेजी

अ+ अ-

टीकापुर । कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो शैक्षिक वर्षमा कक्षा १ देखि ३ सम्म अङ्ग्रेजी माध्यममा अध्यापन गर्ने भएको छ । 

पालिकाले सबै सामुदायिक विद्यालयमा कक्षा १ देखि ३ सम्म अङ्ग्रेजी माध्यममा अध्यापन गर्ने व्यवस्था गरेको हो । सामुदायिक विद्यालयमा अभिभावकको आकर्षण घटेपछि सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउन र शैक्षिक गुणस्तर वृद्धिका लागि सबै सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइने पालिकाले जनाएको छ ।  

जानकी गाउँपालिकाका तीन वटा बाल विकास कक्षा र ३० वटा सामुदायिक विद्यालयमा अब अङ्ग्रेजी माध्यमको पढाइ  हुनेछ । गाउँपालिकाका शिक्षा अधिकृत धर्मानन्द कपाडीले शैक्षिक गुणस्तर वृद्धि र विद्यालय उमेर समूहका बालबालिकाको विद्यालयमा उपस्थिति बढाउन अङ्ग्रेजी माध्यमबाट अध्यापन सुरु गर्ने निर्णय भएको बताए ।

पालिकाका ३३ वटै विद्यालयमा गाउँपालिकाले भर्ना अभियानसँगै अङ्ग्रेजी माध्यममा पढाइ हुनेगरी व्यवस्थापन थालेको छ । अङ्ग्रेजी माध्यमबाट अध्यापनका लागि गाउँपालिकाले शिक्षकको क्षमता अभिवृद्धि गर्न ‘मन्टेश्वरी’ तालिमसमेत सञ्चालन गरिसकेको छ । 

गाउँपालिका र विद्यालयको तयारीसँगै गाउँपालिकामा शैक्षिक गुणस्तरको लागि अभिभावक सकारात्मक भई बालबालिकालाई विद्यालयको पहुँचमा पुर्‍याउन आवश्यक रहेको अभिभावक बताउँछन् । अभिभावक तेतरानी चौधरी सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा भएमा सबै विद्यार्थी सामुदायिकमै जाने बताए ।

 ‘निजी विद्यालयमा महँगो शुल्क तिर्नुपर्छ, सामुदायिक त्यो शिक्षा पाए किन अभिभावकले बालबालिकालाई निजीमा भर्ना गर्ने ?’, उनले प्रश्न गरे,’अब कक्षा १० सम्म नै अङ्ग्रेजी माध्यममा पढाउनुपर्छ । यसो गरेमा सामुदायिक विद्यालयप्रति आकर्षण बढ्छ ।’

प्रतिक्रिया दिनुहोस