१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तामाकोशीमा कार्यवाहक वडाध्यक्षको विवाद : ४० दिनदेखि कामकाज ठप्प

अ+ अ-

काठमाडौँ । कार्यवाहक वडाध्यक्षको विषयमा विवाद हुँदा दोलखाको तामाकोशी गाउँपालिका वडा नं. ३ को कामकाज ठप्प छ । वडाध्यक्ष रामप्रसाद काफ्ले निलम्बनमा परेसँगै कार्यवाहक कसले लिने भन्नेमा विवाद भएको हो ।

विवादका कारण ४० दिनदेखि वडाध्यक्षले गर्ने सम्पूर्ण काम ठप्प छ । वडाध्यक्षको सिफारिसमा हुने सम्पूर्ण काम ठप्प भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत फागुन २७ मा विशेष अदालतमा मुद्दा दर्ता गरेपछि उनी निलम्बनमा परेका हुन् । काफ्ले निलम्बनमा परेको बुधबार ४० दिन पुगेको छ ।

अख्तियारले वडा नं. ३ जेफ जामुनेमा सभाहल तथा शौचालय निर्माणमा भ्रष्टाचार गरेको भन्दै वडाध्यक्ष काफ्लेसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । काफ्ले अघिल्लो कार्यकालमा पनि वडाध्यक्ष थिए । अख्तियारले अघिल्लो कार्यकालमा भ्रष्टाचार गरेको अभियोगमा उनीविरुद्ध मुद्दा चलाएको हो ।

कार्यवाहकका लागि तछाड मछाड
गएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्ष काफ्ले, वडा सदस्य प्रचण्डदीप कार्की र विमला मिजार निर्वाचित भएका थिए । यस्तै नेकपा माओवादी केन्द्रबाट सदस्यमा देवी पोखरेल र नेकपा एकीकृत समाजवादीबाट सदस्यमा लिलामान मोक्तान निर्वाचित भएका हुन् । उनीहरू तत्कालीन गठबन्धनबाट निर्वाचित भएका हुन् ।

त्यसो त निलम्बनमा परेका काफ्लेले सदस्य प्रचण्डदीप कार्कीलाई कार्यवाहक तोकेका थिए । तर, निलम्बनमा परेको व्यक्तिले दिएको अख्तियारी कार्यान्वयन नहुने भन्दै विरोध भएपछि यो कार्यान्वयन हुन सकेन । 

कार्यवाहक वडाध्यक्षको जिम्मेवारीको विषयलाई लिएर वडाका सदस्यहरूबिच तछाड–मछाड छ । जसका कारण कार्यवाहक कसले लिने भन्नेमा सहमति हुन सकेको छैन । वडा कार्यालयले पटक–पटक छलफल गर्दासमेत निर्णय हुन सकेन । 

कार्यवाहकको विषयलाई लिएर वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा तालाबन्दीसमेत भयो । काँग्रेसले वडाध्यक्ष जितेको हुनाले अबको कार्यवाहक पनि काँग्रेसकै जनप्रतिनिधि हुनुपर्ने भन्दै तालाबन्दी भएको हो ।

वडा र गाउँपालिका कार्यालयमा १४ दिनसम्म तालाबन्दी भएपछि गाउँपालिका अध्यक्ष प्रोण प्रताप केसीले सहमतिको प्रयास गरे । उनले चारै जना वडा सदस्यहरूलाई आलोपालो कार्यवाहक दिने गरी पत्र काटे । उनले तीन/तीन महिनाको कार्यकाल रहने गरी सहमतिको प्रयास गरेका थिए ।

वडा सदस्यहरू प्रचण्डदीप कार्कीलाई चैत १४ देखि २०८१ असार ३१ गतेसम्म, लिलामान मोक्तानलाई साउन १ गतेदेखि असोज ३० गतेसम्म, देवी पोखरेललाई कात्तिक १ देखि पुस २९ गतेसम्म र विमला मिजारलाई माघ १ देखि चैत १ गतेसम्म कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिने गरी पत्र लेखेको गाउँपालिका अध्यक्ष केसीले बताए । तर, यसमा सहमति हुन सकेन ।

अदालतमा मुद्दा
तीन/तीन महिना आलोपालो कार्यवाहक अध्यक्ष बन्ने विषयमा तामाकोशी गाउँपालिका वडा नं. ३ का सदस्य लिलामान मोक्तानले असहमति जनाए । उनले आलोपालो प्रणालीमा पनि पहिले आफूले कार्यवाहक पाउनुपर्ने माग गरे ।

आफूले कार्यवाहक पाउनुपर्ने भन्दै मोक्तानले उच्च अदालत पाटनमा रिट दायर गरे । रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले पालिका अध्यक्षको पत्र अनुसार वडाको काम नगर्नु/नगराउनु भन्ने अन्तरिम आदेश दियो । अदालतको आदेशसँगै वडाको काम रोकिएको छ । अध्यक्ष केसी र सदस्य मोक्तान नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका हुन् ।

मोक्तानले आफू ज्येष्ठ सदस्य भएकाले ज्येष्ठताका आधारमा आफूले कार्यवाहक पाउनुपर्ने बताए । सोही माग राख्दै आफू चैत तेस्रो साता अदालत पुगेको उनको भनाइ छ । सहमति नजुटेकै कारण आफू अदालत पुगेको उनले बताए ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा वडाध्यक्षको पद कुनै कारणले रिक्त रहेमा वडा समितिका सदस्यहरूले आफूहरूमध्येबाट छनौट गरेको सदस्यले कार्यबहाक वडाध्यक्षको कार्य गर्न सक्ने व्यवस्था गरिएको छ । 

त्यसो त तामाकोशी गाउँपालिकाले पनि आफ्नै कार्य विभाजन नियमावली बनाएको छ । तामाकोशी गाउँपालिका गाउँ कार्यपालिका (कार्य विभाजन) नियमावली, २०७४ मा वडाध्यक्षले आफ्नो अनुपस्थितिमा सम्बन्धित वडा समितिको जेष्ठ सदस्यलाई कार्यवाहक तोकी सोको जानकारी गाउँ कार्यपालिकालाई दिनुपर्ने व्यवस्था छ ।

वडाध्यक्ष नहुँदा नाता प्रमाणित गर्ने, नागरिकता तथा नागरिकताको प्रतिलिपि लिनका लागि सिफारिस गर्ने, जन्म मिति प्रमाणित गर्ने, विवाह प्रमाणित तथा अविवाहित प्रमाणित गर्ने, निःशुल्क वा सशुल्क स्वास्थ्य उपचारको सिफारिस गर्ने, वडाबाट जारी हुने सिफारिस तथा अन्य कागजलाई अङ्ग्रेजी भाषामा समेत सिफारिस तथा प्रमाणित गर्ने, व्यक्तिगत विवरण प्रमाणित गर्ने, कुनै व्यक्तिको नाम, थर, जन्म मिति तथा वतन फरक–फरक भएको भए सो व्यक्ति एकै हो भन्ने सिफारिस गर्ने, नाम, थर, जन्म मिति संशोधनको सिफारिस गर्ने काम रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस