काठमाडौँ। जिल्ला प्रशासन कार्यालय मोरङले समन्वय गरेर मात्रै सभा, जुलुस, भेला र र्याली गर्न सूचना जारी गरेको छ ।
बुधबार विराटनगर रानीमा दुई समूहबीच झडपभएपछि बिहीबार सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले अग्रिम समन्वय गरेर मात्रै राजनीतिक दलको सभा, सामाजिक भेला, धार्मिक गतिविधिलगायत र्याली, भेला तथा प्रदर्शन नगर्न सूचना जारी गरेको हो।
बुधबार रामनवमीको अवसरमा एउटा समूहले निकालेको जुलुसलाई अर्को समूहले अवरोध गरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।
प्रहरीले बल प्रयोग गरेर दुवै समूहलाई तितरबितर पारेको थियो। अवस्था सामान्य भए पनि जोखिम रहेका कारण सहमति विना भेला जुलुस नगर्न प्रशासनले सूचना जारी गरेको जनाएको छ ।
