५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नाममा ‘सेना’ शब्द राखेर संघ-संस्था दर्ता गर्न नपाइने, दर्ता गरेकाले पनि संशोधन गर्नुपर्ने

अ+ अ-

काठमाडौँ । संघ/संस्थाहरूको नाममा ‘सेना’ शब्द राख्न नपाइने भएको छ । यसअघि नाममा ‘सेना’ शब्द राखेर संघ/संस्था दर्ता गरेकाहरूले पनि ‘सेना’ शब्द हटाइ नाम संशोधन गर्नुपर्ने भएको छ ।

‘सेना’ शब्दले नेपाली सेनालाई मात्र बुझाउने हुँदा उक्त नामबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा भ्रम सिर्जना भई नेपाली सेनाको छविमा समेत प्रतिकूल प्रभाव पर्न सक्ने भन्दै गृह मन्त्रालयले संस्थाको नाममा ‘सेना’ शब्द राख्न बन्देज लगाएको हो ।

मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै संवैधानिक व्यवस्था तथा प्रचलित ऐनरनियममा गरिएको परिभाषाहरूलाई मध्यनजर गर्दा ‘सेना’ शब्दले नेपाली सेनालाई मात्र बुझाउने हुँदा उक्त नामबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा भ्रम सिर्जना भई नेपाली सेनाको छविमा समेत प्रतिकूल प्रभाव पर्न सक्ने, ऐतिहासिक पृष्ठभूमि, परम्परा, मूल्यमान्यता, अनुशासन र आचरण भएको नेपाली सेना र सोको पर्यायवाची रूपमा बुझिने ‘सेना’ शब्दलाई अन्य संघ/संस्थाहरूले प्रयोग गर्दा उक्त संघ/संस्थाहरूबाट राष्ट्र हित प्रतिकूल गतिविधिहरू सञ्चालन तथा धारणाहरू व्यक्त भएमा नेपाली सेनाबाट विगतदेखि आर्जित प्रतिष्ठालाई कमजोर बनाउन सक्ने भन्दै संघ/संस्थाहरूको नाममा ‘सेना’ शब्द राख्न बन्देज लगाएको हो ।

नेपाली सेनाबाट अवकाश प्राप्त सैनिकहरूले आफूले सेवा गरेको संस्था र पेसाप्रति गौरव महसुस गर्नका लागि भूतपूर्व सैनिकहरूले ‘भूतपूर्व सैनिक’ शब्द राखी संघ संस्था खोल्न चाहेमा रक्षा मन्त्रालयमार्फत नेपाली सेनाको सिफारिसबमोजिम हुने गरी प्रचलित ऐनरनियमबमोजिम संस्था दर्ता गर्न सक्ने छन् ।

गृह सचिव एकनारायण अर्यालको निर्णय अनुसार मन्त्रालयले देशभरका प्रशासन कार्यालयलाई गरेको परिपत्रमा भनिएको छ, ‘संस्था दर्ता ऐन, २०३४ को दफा २९क० बमोजिम दर्ता हुने सामाजिक, धार्मिक, साहित्यिक, सांस्कृतिक, वैज्ञानिक, सैद्धान्तिक, शारीरिक, आर्थिक, व्यावसायिक तथा परोपकारी कार्यहरूको विकास एवं विस्तार गर्ने उद्देश्यले स्थापना भएको संघ, संस्था, क्लब, मण्डल, परिषद्, अध्ययन केन्द्र, मैत्री संघ आदि संघ/संस्थाहरूले आफ्नो नाममा सेना शब्द राखी संस्था दर्ता गर्न निवेदन पेस गरेमा नेपालको परिप्रेक्ष्यमा संवैधानिक व्यवस्था तथा प्रचलित ऐन–नियममा गरिएको परिभाषाहरूलाई मध्यनजर गर्दा “सेना” शब्दले नेपाली सेनालाई मात्र बुझाउने हुँदा उक्त नामबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा भ्रम सिर्जना भई नेपाली सेनाको छविमा समेत प्रतिकूल प्रभाव पर्न सक्ने, ऐतिहासिक पृष्ठभूमि, परम्परा, मूल्यमान्यता, अनुशासन र आचरण भएको नेपाली सेना र सोको पर्यायवाची रूपमा बुझिने “सेना” शब्दलाई अन्य संघ/संस्थाहरूले प्रयोग गर्दा उक्त संघ/संस्थाहरूबाट राष्ट्र हित प्रतिकूल गतिविधिहरू सञ्चालन तथा धारणाहरू व्यक्त भएमा नेपाली सेनाबाट विगतदेखि आर्जित प्रतिष्ठालाई कमजोर बनाउन सक्ने तथा नेपाली सेनाबाट मान्यताप्राप्त हो भनी आफू अनुकूल प्रभाव पारी आम जनमानसमा भ्रमयुक्त सन्देश फैलाई राष्ट्र, समाज तथा नेपाली सेनाको छविसमेत धमिल्याउन सक्ने हुँदा तहाँ कार्यालयबाट संघ-संस्थाको नाममा सेना शब्द राखी दर्ता तथा नवीकरण नगर्नु नगराउनु हुन र यस अघि सेना शब्द राखी संस्था दर्ता भएको रहेछ भने उक्त सेना शब्द हटाई नाम संशोधन गर्ने व्यवस्था मिलाउनुहुन साथै, नेपाली सेनाबाट अवकाश प्राप्त सैनिकहरूले आफूले सेवा गरेको संस्था र पेसाप्रति गौरव महसुस गर्नका लागि भूतपूर्व सैनिकहरूले “भूतपूर्व सैनिक“ शब्द राखी संघ संस्था खोल्न चाहेमा रक्षा मन्त्रालयमार्फत नेपाली सेनाको सिफारिसबमोजिम हुने गरी प्रचलित ऐनरनियमबमोजिम संस्था दर्ता गर्ने व्यवस्था मिलाउनुहुन मिति २०८१-०१-०४ को सचिवस्तरीय निर्णयानुसार अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस