५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हुम्लाबाट ताक्लाकोट जान सीमा पास लिने बढे

अ+ अ-

सिमकोट (हुम्ला) । छिमेकी मुलुक चिनको पुराङ काउन्टीको ताक्लाकोट जान सीमा पास लिने र नवीकरण गर्नेको संख्या बढ्दै गएको छ ।

ताक्लाकोटमा व्यापार व्यवसाय र रोजगारीका नेपाल र चीनको सीमानाका हिल्सा हुँदै जाने भएकाले फागुनयता सीमा पास लिने नागरिकको भीड जिल्ला प्रशासन कार्यालयमा बढ्न थालेको छ ।

कार्यालयका अनुसार ताक्लाकोट जान यस वर्ष ३ सय २८ जनाले पास लिएका छन् भने ८ सय ७८ जनाले पास नवीकरण गरेका छन् ।

जिल्ला प्रशासन हुम्लाले ताक्लाकोटमा व्यापार, व्यवसाय र रोजगारका लागि जाने जिल्लाका नागरिकलाई एक वर्षका लागि पास उपलब्ध गराउँदै आएको छ । गत वर्ष वैशाख १८ गतेदेखि हिल्सानाका चिनले दुईतर्फी खुला गरेपछि जिल्ला प्रशासनमा सीमा पास बनाउन आउने सेवाग्राहीको भीड बढेको प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले बताए ।

फागुनमा दैनिक ५ देखि १० जनासम्म सीमा पासका लागि आउने गरेको भए पनि चैतको दोस्रो सातादेखि सेवाग्राही नागरिकको संख्या बढ्दै गएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए । पछिल्लो समय औसतमा ३० देखि ४० जनालाई उक्त पास प्रदान गरिँदै आइएको उनले बताए ।

सीमा पास बनाउन सबैभन्दा बढी उत्तरी नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका नागरिक आउने गरेको पोखरेलको भनाइ छ । केही दिनयता दक्षिण भेगका सर्केगाड, ताँजकोट, चंखेली र अदानचुली गाउँपालिकाका नागरिकसमेत सीमा पास बनाउन आएका उनले बताए ।

हुम्लाबासीको मुख्य व्यापार व्यवसाय र रोजगारीको गन्तव्य ताक्लाकोट रहँदै आएको छ । ताक्लाकोटमा नेपालबाट निकासी भएर गएको फुरु, गुच्चीच्याउ, थाक्ना, जडीबुटीलगायतका सामान व्यापार हुने गर्छ भने उताबाट दैनिक उपभोग्य सामान, लत्ताकपडा, इन्धन, विकास निर्माणका सामग्री नेपालमा आयात हुने गर्छ ।

केही दिनअघि मात्रै उत्तरी नाम्खा र सिमकोट गाउँपालिका-७ डाडाँफया र वडा नं ८ स्याडाका युवा रोजगारीका लागि चीनको ताक्लाकोट पुगिसकेको जानकारी आएको उनको भनाइ छ ।

नारा र न्यालु लेकको हिउँ केही दिनमा पन्छाएसँगै उत्तरी भेगका युवा रोजगारीका लागि ताक्लाकोट पुगिसकेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस