९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजी विद्यालयले शुल्कवृद्धि खारेज नगरे संघर्ष गर्ने चेतावनी

अ+ अ-

काठमाडौँ । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा विद्यार्थी संगठन अखिल क्रान्तिकारीले शिक्षण संस्थामा गरिएको शुल्क वृद्धि खारेज गर्न माग गरेको छ । 

संगठनले बिहीबार एक विज्ञप्ति जारी गर्दै शिक्षण संस्थाले विद्यार्थीबाट विभिन्न शीर्षकमा शुल्क उठाउने, अत्यधिक शुल्क वृद्धि गर्ने जस्ता कार्य भइरहेको भन्दै तत्काल फिर्ता लिन ध्यानाकर्षण गराएको हो ।

प्रारम्भिक चरणबाटै प्रवेश परीक्षाको नामबाट विद्यार्थीको पढ्न पाउने अधिकारबाट वञ्चित गर्ने, खेलकुद सामाग्री, कापी किताब लगायत स्टेशनरी सामाग्रीको व्यापार विद्यालय हाताभित्र नै गर्ने जस्ता अनैतिक र अवैधानिक गतिविधि भइरहेको विद्यार्थी र अभिभावकको व्यापक गुनासो आइरहेको संगठनका संयोजक मिलन राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालको संविधानको धारा ३१ को उपधारा २ मा उल्लेख भएबमोजिम आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क साथै माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनिएको भए पनि कार्यान्वयन नभएको संगठनको भनाई छ ।

निजी विद्यालयले गरेको शुल्कवृद्धि तत्काल खारेज गर्न र अन्य अनैतिक गतिविधि नगर्न सबै शिक्षण संस्थालाई विज्ञप्तीमार्फ अनुरोध गर्दै संगठनले यस्ता प्रकारको अवैधानिक गतिविधि बन्द गर्न सरकारलाईसमेत आग्रह गरेको हो । यस्ता कार्य भए गरेको पाईएमा संगठनले कडा संघर्ष गर्ने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार सम्बन्धित पक्ष नै हुनुपर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस