काठमाडौँ। आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ७०० रुपैयाँले बढेर एक लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी भने घटेको छ । आज चाँदी पाँच रुपैयाँले घटेर एक हजार ७२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
बिहीबार चाँदी प्रतितोला एक हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो ।