७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कम्युनिष्टहरु एकताबद्ध नभई देशको प्रगति असम्भव : झलनाथ खनाल

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेपालमा कम्युनिष्टहरु एकताबद्ध नभई देशको प्रगति सम्भव नभएको बताएका छन् ।

शुक्रबार बिहान विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले सो कुरा बताएका हुन् । उनले भने, ‘नेपालमा कम्युनिष्टहरु एकताबद्ध नभइकन यो देशको अग्रगति प्रगति सम्भवै छैन । त्यसकारण कम्युनिष्टहरु एक ठाउँमा आउनु त आजको ऐतिहासिक आवश्यकता हो । यसमा कुनै दुईमतै छैन ।’

अहिले देश आर्थिक संकटमा र राजनीतिक दिशाहीनतामा रहेको भन्दै नेता खनालले समुन्नतिका लागि सबै शक्ति एकताबद्ध हुनुपर्ने बताए । उनले भने, ‘अहिले देश आर्थिक संकटमा छ, राजनीतिक दिशाहीनतामा छ, सामाजिक सङ्कटहरू बढ्दैछन्, सांस्कृतिक सङ्कटहरू बढ्दैछन् । देशका यी समस्यालाई समाधान गरेर समुन्नतीतर्फ अगाडि बढाउनका लागि सबै शक्ति एकताबद्ध हुनुपर्छ ।’

नेकपा एमालेसँग तिक्तताकोबीच एउटै गठबन्धनमा रहेकोबारे सोधिएको प्रश्नमा उनले अनेक सवालमा मतभेद पनि भए साझा सवालमा एक हुने गरेको बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम लिँदै खनालले भने, ‘हामी एकापसमा सँगसँगै पनि हिँडेका छौँ, एकापसमा अनेक सवालमा मतभेद पनि छन् । ती मतभेदमा बहस, अन्तरसंघर्ष जारी रहन्छ, साझा सवालमा एकताको प्रक्रिया पनि हुन्छ ।’

प्रतिक्रिया दिनुहोस